मंगलबार, ३ जेठ २०७९
  • adarsha computer nuwakot
  • नेपाली कांग्रेस वेलकोटगढी -४ को वडा अधिवेसन फागुन २० गते गरिने

    समिकरण २०७८, ७ फाल्गुन शनिबार ११:५२ पढ्न लाग्ने समय < 1 मिनेट

    विदुर । वेलकोटगढी नगरपालिका वडा नम्बर ४ मा हुन नसकेको नेपाली कांग्रेसको वडा अधिवेसन यहि फागुन २० गते गरिने भएको छ ।
    जिल्लाको ८८ वटा वडा मध्ये वेलकोटगढी ४ मा मात्रै वडा अधिवेसन हुन सकेको छैन । शुक्रवार बसेको नेपाली कांग्रेस जिल्ला कार्य समितिको वैठकले उक्त वडामा फागुन २० गते अधिवेसनको व्यवस्था मिलाउने निर्णय गरेको हो । जिल्ला प्रतिनिधि र निर्वाचन अधिकृत तोकेर उक्त दिनमा वडा अधिवेसनको व्यवस्था मिलाउने निर्णय भएको सचिव श्रीराम श्रेष्ठले जानकारी दिनुभएको छ । सचिव श्रेष्ठको अनुसार पार्टी केन्द्रीय कार्यलयको निर्देशन अनुसार फागुन २० मा नै विदुर नगरपालिका वडा नम्बर ३ मा रिक्त रहेको पद पूर्तिको लागि अधिवेसन गरिने छ ।

    यस्तै नेपाली कांग्रेसको लगानी पूर्वाधार र रोजगार कार्यक्रम अन्तर्गत दृष्टिकोण एवं दिगो परियोजना केन्द्रित विशेष समितिको पत्र अनुसार गरिखाने अभियान जिल्ला समन्वयकर्तामा कार्यलय सचिव विवेक लामिछानेलाई नियुक्ति गरिएको छ । साथै पार्टीको हित विपरित सामाजिक सञ्जालमा लेख्ने र सार्वजनिक कार्यक्रममा अभिव्यक्ति दिने तथा स्थानीय निर्वाचन सम्वन्धमा आफुखुसी उम्मेदवारी घोषणा तथा सिफारिस गर्ने क्रियाकलाप प्रति पार्टीको ध्यानाकर्षण भएको जनाएको छ । त्यस्तै जिल्ला कार्य समितिको शुक्रवारको वैठकले नयाँ वर्ष २०७९ को भित्ते पात्रो प्रकासन गर्न ३ सदस्यीय उपसमिति समेत गठन गरेको सचिव श्रीराम श्रेष्ठले जानकारी दिनुभएको छ ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया