मंगलबार, ३ जेठ २०७९
  • adarsha computer nuwakot
  • पेट्रोलियम पदार्थको भाउ फेरि बढ्यो, पेट्रोल लिटरको १४५ रुपैयाँ

    समिकरण २०७८, ८ फाल्गुन आईतवार ०८:३० पढ्न लाग्ने समय < 1 मिनेट

    काठमाडौँ । नेपाल आयल निगमले  पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोल डिजेल र मट्टितेलमा ३ रुपैयाँ मूल्यवृद्धि गरेको हो । 

    नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य एक सय ४५ रुपैयाँ कायम भएको छ । यस्तै डिजेल र मट्टितेलको मूल्य लिटरको एक सय २८ रुपैयाँ कायम भएको छ । 

    ग्यासमा घाटा भए पनि मूल्य नबढाइएको निगमले बताएको छ ।  अन्तर्राष्ट्रिय बजार मूल्य अनुरूप र पेट्रोल प्रतिलिटर पाँच रुपैयाँ ६१ पैसा, डिजेल पाँच रुपैयाँ ६२ पैसा र हवाई इन्धन चार रुपैयाँ ९५ पैसा बढेर आएकाले नेपालमा पनि भाउ बढाएको निगमले जनाएको छ ।

    गएराति बढेको मूल्यमा बिक्री गर्दा पनि अबको १५ दिनमा निगमलाई दुई अर्ब १५ करोड रुपैयाँ घाटा हुने निगमको दाबी छ । 

    गएको माघ मसान्तसम्म आफूले २४ अर्ब रुपैयाँ घाटा बेहोरिसकेको भन्दै निगमले पेट्रोलियम पदार्थ खरिदबापत आवश्यक पर्ने रकम जुटाइ आपूर्ति व्यवस्था सहज बनाइ राख्न कठिनाइ भएको बताएको छ । (श्रोत – उज्यालो अनलाइन)

    #अर्थ

    फेसबुक प्रतिक्रिया