विदुर । किस्पाङ गाउँपालिकामा यात्रु बहाक बस दुर्घटना हुदा ८० जना घाइते भएका छन् ।
आइतवार विहान साल्मेबाट त्रिशुली आउदै गरेको प्रदेश नम्बर ३–०१००६ ख १५४१ नम्बरको यात्रु बहाक बस वडा नम्बर ३ काहुले स्थित किर्ने बगरमा दुर्घटना हुदा ७ जना गम्भिर घाइते भएका छन् । गम्भिर घाइतेहरुमा वुद्धिबहादुर तामाङ, प्रेमबहादुर तामाङ, प्रेमबहादुर लामा, सुकुमायाँ तामाङ, आमा छेरुङ घले, जिता लामा तामाङ र सीता बस्नेत रहेको त्रिशुली अस्पातल नुवाकोटले जनाएको छ । टिमुरे यातायात प्रा.लि.द्धारा सञ्चालित यात्रु बहाक बस दुर्घटना हुदा गम्भिर घाइते भएका मध्ये वुद्धिमान तामाङ, प्रेमबहादुर तामाङ र सीता बस्नेतलाई हेलिकप्टर मार्फत काठमाडौँ पठाइएको हो ।
यस्तै त्रिशुली अस्पतालमा उपचार सम्भब नभई ३९ जना भन्दा वढी घाइतेलाई एम्वुलेन्स मार्फत काठमाडौँ पठाइएको किस्पाङ गाउँपालिकाका अध्यक्ष छत्रबहादुर लामाले जानकारी दिनुभएको छ ।
कात्तिक १ गते किस्पाङ गाउँपालिकाकै वडा नं. ५ मनकामनाको भुमेस्थानमा दुर्घटना हुदा बस सञ्चालक समितिबाट आर्थिक रुपमा सहयोग नमिल्दा घाइतेको उपचारमा समस्या आइपरेको गुनासो गाउँपाकिाका अध्यक्ष लामाको रहेको छ । तर यो पटक बस सञ्चालक समितिबाट घाइतेहरुको उपचारमा सहजिकरण भइरहेको उहाँले बताउनुभएको छ ।