मंगलबार, ३ जेठ २०७९
  • adarsha computer nuwakot
  • नुवाकोटका २ लाख ४० हजार ८ सय ३१ मतदाताले मताधिकार प्रयोग गर्दै

    समिकरण २०७८, ९ फाल्गुन सोमबार ०९:२२ पढ्न लाग्ने समय < 1 मिनेट

    विदुर । नुवाकोटमा करिव २ लाख ४१ हजार मतदाता रहेका छन् ।
    छैटौँ निर्वाचन दिवसको अवसरमा जिल्ला निर्वाचन कार्यलय नुवाकोटले शुक्रवार आयोजना गरेको “निर्वाचन सञ्चालन तथा व्यवस्थापनमा सरोकारवालाहरुको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रममा माघ २४ गतेसम्म जिल्लामा दर्ता भएका मतदाताहरुको तथ्यांक प्रस्तुत गरिएको थियो । जिल्ला निर्वाचन कार्यलय नुवाकोटका प्रमुख जयप्रसाद गौतमले प्रस्तुत गर्नुभएको तथ्यांक अनुसार नुवाकोटमा २ लाख ४० हजार ८ सय ३१ जना मतदाता रहेका छन् । जस मध्ये पुरुष १ लाख १६ हजार २ सय ११ र महिला १ लाख २४ हजार ६ सय १७ जना रहेका छन् ।
    जिल्लाको १२ स्थानीय तह मध्ये विदुर नगरपालिकामा ४४ हजार ७ सय ९, वेलकोटगढी नगरपालिकामा ३३ हजार ८ सय ९९, ककनी गाउँपालिकामा २२ हजार ५ सय ६५, किस्पाङ गाउँपालिकामा १२ हजार ३ सय ७३ जना, तादी गाउँपालिकामा १५ हजार ३ सय २० जना, तारकेश्वर गाउँपालिकामा १५ हजार १ सय ६८ जना मतदाता रहेका छन् ।
    यस्तै दुप्चेश्वर गाउँपालिकामा १७ हजार ६ सय २० जना, पञ्चकन्या गाउँपालिकामा १५ हजार १ सय २१, म्यागङ गाउँपालिकामा १२ हजार ८ सय ६६ जना, लिखु गाउँपालिकामा १५ हजार ८ सय १ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यलय नुवाकोटका प्रमुख जयप्रसाद गौतमले बताउनुभएको छ ।
    उहाँको अनुसार शिवपुरी गाउँपालिकामा २० हजार ५ सय ६५ र सूर्यगढी गाउँपालिकामा २४ हजार ८ सय ३१ जना मतदाता रहेका छन् । यस्तै नुवाकोटमा मतदान स्थल १ सय ३२ र मतदान केन्द्र २ सय ६३ कायम गरिएको छ । मतदाता संख्या, मतदान केन्द्र र मतदान स्थलको संख्यामा पुनरावलोकन तथा अध्यावधिक हुन बाँकी रहेकोले केही थपघट हुन सक्ने निर्वाचन कार्यलय नुवाकोटले जनाएको छ ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया