मंगलबार, ३ जेठ २०७९
  • adarsha computer nuwakot
  • नुवाकोटका थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि

    समिकरण २०७८, १० फाल्गुन मंगलवार १५:४७ पढ्न लाग्ने समय < 1 मिनेट

    विदुर । नुवाकोटका थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
    पछिल्लो २४ घण्टामा पिसिआर विधिबाट २८ जनाको नमुना परिक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको हो । थप भएका संक्रमितहरुमा विदुर नगरपालिकाका ६ जना, वेलकोटगढी नगरपालिका, पञ्चकन्या गाउँपालिका, किस्पाङ गाउँपालिका र म्यागङ गाउँपालिकाका समान एकएक जना रहेका छन् ।
    स्वास्थ्य कार्यलयको मंगलवारको तथ्यांक अनुसार नुवाकोटमा ३७ जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमितहरुमा विदुर नगरपालिकाका २१, वेलकोटगढी नगरपालिका र तादी गाउँपालिकाका समान दुईदुई, सूर्यगढी गाउँपालिका र म्यागङ गाउँपालिकाका समान तीनतीन, किस्पाङ गाउँपालिकाका ४, शिवपुरी गाउँपालिका र पञ्चकन्या गाउँपालिकाका समान एकएक जना रहेको स्वास्थ्य कार्यलय नुवाकोटको तथ्यांकमा उल्लेख गरिएको छ ।
    यस्तै जिल्लाको ककनी गाउँपालिका, लिखु गाउँपालिका, दुप्चेश्वर गाउँपालिका र तारकेश्वर गाउँपालिकामा कोरोना भाइरस संक्रमित रहेका छैनन् । सक्रिय संक्रमित मध्ये अस्पतालको कोभिड वार्डमा १ जना, आइसियुमा ५ जना र होम आयसुलेसनमा ३१ जना रहेका छन् ।
    पछिल्लो २४ घण्टामा ८ जना संक्रमित संक्रमण मुक्त भएका छन् ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया