मंगलबार, ३ जेठ २०७९
  • adarsha computer nuwakot
  • कालिका क्षेत्र संरक्षण समितिको अध्यक्षमा आचार्य चयन ।

    समिकरण २०७८, १२ फाल्गुन बिहीबार ०६:५७ पढ्न लाग्ने समय < 1 मिनेट

    विदुर । रसुवाको कालिका गाउँपालिका वडा नम्बर २ मा रहेको कालिका क्षेत्र संरक्षण समितिको अध्यक्षमा विष्णु आचार्य चयन हुनुभएको छ ।
    बुधवार भएको संरक्षण समितिको अधिवेशनले अध्यक्षमा स्थानिय समाजसेवी आचार्यलाई निर्विरोध निर्वाचित गरेको हो । यस्तै समितिको उपाध्यक्षमा सरितम घिमिरे, सचिवमा ठाकुरप्रसाद न्यौपाने र कोषाध्यक्षमा गिता न्यौपाने चयन भएका छन् । त्यस्तै समितिका सदस्यहरुमा गौरी आचार्य, रिता श्रेष्ठ र राजन न्यौपाने चयन भएका छन् ।
    रसुवाको कालिका गाउँपालिका वडा नम्बर २ कालिकास्थानमा रहेको कालिका मन्दिर संरक्षणको लागि उक्त समितिले काम गर्दै आएको छ । रसुवाको धार्मिक एवं पर्यटकीय स्थल गोसाइकुण्ड स्नान गरेपनि कालिका मन्दिरको दर्शन नगरेसम्म मोक्ष प्राप्त गर्न नसकिने कालिका क्षेत्र संरक्षण समितिका पुर्व अध्यक्ष टंकप्रसाद ढकालले जानकारी दिनुभएको छ ।
    कालिका मन्दिरको नामले परिचित सो मन्दिर अहिले पन्चकालि मन्दिरको रुपमा चिनिन थालेको छ । केही महिनाअघि मन्दिरमा २२ दिनको तपश्या गरेपछि माता रोजिना तामाङले सो मन्दिरमा पन्चकालिको स्वरुप देखिएको जानकारी दिनुभएको छ । संरक्षण समितिको अध्यक्षमा निर्वाचित भएसँगै आचार्यले कालिका मन्दिर रसुवाको मात्र नभइ बाग्मति प्रदेशकै धर्म र संस्कृतिको संवाहक भएको भन्दै सो मन्दिरको संरक्षण र प्रवद्र्धनमा सबै लागि पर्ने बताउनुभएको छ ।
    आचार्यले धार्मिक पर्यटकीय स्थलको विकशका लागि सधै सबैसँग सहकार्य गर्न तयार बताउनुभएको छ । उहाँले कालिका मन्दिर अधिक पर्यटकीय सम्भावना बोकेको क्षेत्रहरु मध्यको एक भएकाले यस क्षेत्रको अधुरा कामहरु पुरा गर्न सबैको हातेमालोको आवश्यकता रहेको बताउनुभएको छ ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया