मंगलबार, ३ जेठ २०७९
  • adarsha computer nuwakot
  • आँखा शिविरको पहिलो दिन ३ सय ३७ जनाले सेवा लिए

    समिकरण २०७८, १२ फाल्गुन बिहीबार ०७:०४ पढ्न लाग्ने समय < 1 मिनेट

    विदुर । वेलकोटगढी नगरपालिका वडा नम्बर ९ स्थित महामाया माध्यमिक विद्यालयमा आयोजित निशुल्क आँखा शिविरको पहिलो दिन (वुधवार) ३ सय ३७ जनाले सेवा लिएका छन् ।
    दृष्टि आँखा अस्पताल कलंकीको सहयोगमा निरन्जना भिलेज सोसाइटी नेपालले आयोजना गरेको शिविरको पहिलो दिन विद्यालयका शिक्षक र विद्यार्थीको आँखा परिक्षण गरिएको थियो । शिविरमा सहभागी भई आँखा परिक्षण गराएका मध्ये ४२ जनालाई निशुल्क रुपमा चस्मा वितरण गरिएको निरन्जना भिलेज सोसाइटी नेपालका अध्यक्ष प्रल्हाद थपलियाले जानकारी दिनुभएको छ । आँखाकै समस्याको कारण टाउको दुखेका, आँखा सुख्खा भएका लगायत औषधीको प्रयोग गर्न पर्नेहरुलाई औषधी समेत वितरण गरिएको उहाँले जानकारी दिनुभएको छ ।
    आखाँ परिक्षणको क्रममा विद्यार्थी र शिक्षकहरुको आँखामा जटिलता नदेखिएको समेत उहाँको भनाई छ । विहिवार समुदायमा रहेका नागरिकहरुको आँखा परिक्षण गरिने भएकोले आखाँमा समस्या भएकाहरुलाई शिविरमा सहभागी हुन समेत निरन्जना भिलेज सोसाइटी नेपालका अध्यक्ष प्रल्हाद थपलियाले आग्रह गर्नुभएको छ ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया