मंगलबार, ३ जेठ २०७९
  • adarsha computer nuwakot
  • एमाले विदुर नगर कमिटिको अध्यक्षमा प्रधान

    समिकरण २०७८, १२ फाल्गुन बिहीबार १२:३७ पढ्न लाग्ने समय < 1 मिनेट

    विदुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) विदुर नगर कमिटिले पूर्णता पाएको छ ।
    विहिवार बसेको अध्यक्ष मण्डलको बैठकले नगर कमिटिलाई पूर्णता दिएको हो । उक्त वैठकले नगर कमिटिको अध्यक्षमा नविन प्रधानलाई चयन गरेको छ । यस्तै उपाध्यक्षमा मनोज अधिकारी, सचिवमा अनुजकुमार श्रेष्ठ, उपसचिवमा राजकुमार केसी र भक्तबहादुर अधिकारी चयन भएका छन् ।
    गएको कार्तिक १४ गते नगर कमिटिको प्रथम अधिवेसन सम्पन्न भएको थियो । प्रथम अधिवेशनले ६५ सदस्यीय कमिटी चयन गरेकोे थियो । पदाधिकारीहरुमा आकाङ्क्षी धेरै देखिए पछि कमिटिले पूर्णता पाउन सकेको थिएन । विहिवार विदुुर नगर कमिटिलाई पूर्णता दिइएसँगै जिल्लाको १२ वटै स्थानीय तहमा नेकपा (एमाले) को कमिटि निर्माण कार्य सकिएको जिल्ला अध्यक्ष वद्री मैनालीले जानकारी दिनुभएको छ ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया