मंगलबार, ३ जेठ २०७९
  • adarsha computer nuwakot
  • दुप्चेश्वर गाउँपालिका वडा नम्बर ५ को कार्यलय आफ्नै भवनमा

    समिकरण २०७८, १२ फाल्गुन बिहीबार १३:१२ पढ्न लाग्ने समय < 1 मिनेट

    विदुर । दुप्चेश्वर गाउँपालिका वडा नम्बर ५ को कार्यलयले आफ्नै भवनबाट सेवा सुरु गरेको छ ।
    वुधबार एक कार्यक्रमको विच प्रेदश सांसद एवं पूर्व कृषि विकास राज्य मन्त्री वद्री मैनालीले नवनिर्मित भवनको उद्घाटन गर्नुभएसँगै वडाले आफ्नै भवनबाट सेवा प्रवाह गर्न सुरु गरेको हो ।
    वडा कार्यलयको भवन उद्घाटन कार्यक्रमलाई संवोधन गर्नुहुदै प्रदेश सांसद मैनालीले आर्थिक तथा सामाजिक विकासको लागि कृषिलाई व्यवसायसँग जोड्नु आवस्यक रहेको बताउनुभएको छ । आधुनिक कृषि प्रणाली मार्फत कृषि कर्मलाई व्यवसायीकरण गर्न सकिएमा ग्रामीण भेगका सामान्य किसानको आर्थिक स्थितिमा सुधार हुदै जानेमा विश्वस्त रहेको उहाँले बताउनुभएको छ । त्यसको लागि संघ, प्रदेश र स्थानीय सरकार बिच समन्वय हुने पर्ने र किसान आफैले पनि तत्परता देखाउनुपर्नेमा उहाँले जोड दिनुभएको छ ।


    स्थानीय रामकुमार तमाङ, सन्तुराम लामा र रबि तामाङ मार्फत प्राप्त जग्गामा वडा कार्यलयको भवन निर्माण गरिएको हो । भवन उद्घाटन कार्यक्रममा जग्गादाताहरुलाई दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो । वडा भवन ३९ लाख ६७ हजार रुपैयाँको लगानीमा निर्माण गरिएको वडा अध्यक्ष सञ्च तामाङले जानकारी दिनुभएको छ ।
    यस्तै कार्यक्रममा वडा सदस्य होमबहादुर तामाङले सार्वजनिक भौतिक संरचना निर्माण गर्नलाई जग्गा दान गर्ने जग्गादाहरुकको प्रशंसा गर्नुभएको थियो । आफ्नो बुवा सूर्यबहादुर तामाङले पनि बालकुमारी स्वास्थ्य चौकीलाई ४ रोपनी जग्गा दान गर्नुभएको सम्झना दिलाउनुहुदै वडा सदस्य तामाङले यस्तै निस्वार्थ रुपमा सामाजिक कार्यमा संलग्न भएमा पुण्य कमाइने बताउनुभएको छ ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया