शुक्रबार, २३ मंसिर २०७९
  • adarsha computer nuwakot
  • नेकपा (माओवादी केन्द्र) नुवाकोट ईन्चार्जमा लामिछाने

    समिकरण २०७८, १३ फाल्गुन शुक्रबार १८:४३ पढ्न लाग्ने समय < 1 मिनेट

    विदुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को नुवाकोट ईन्चार्जमा पुष्प लामिछाने (अरुण) चयन हुनुभएको छ ।
    विहिवार सम्पन्न वागमती प्रदेश समितिको दोश्रो पुर्ण बैठकले लामिछानेलाई जिल्ला इन्चार्जको जिम्मेवारी दिइएको हो । उक्त वैठकले जिल्लाको २ वटा निर्वाचन क्षेत्र र ४ वटा प्रदेश निर्वाचन क्षेत्रको इन्चार्ज, संयोजक र सचिव चयन गरेको छ । संघिय निर्वाचन क्षेत्र १ को ईन्चार्जमा शिव खाति, संयोजकमा प्रमोदलाल श्रेष्ठ र सचिवमा धर्मराज अधिकारी चयन भएका छन् । यस्तै निर्वाचन क्षेत्र १ को (क) प्रदेश निर्वाचन क्षेत्रको ईन्चार्जमा तेज बहादुर तामाङ, संयोजकमा योगेन्द्र रुम्वा, सचिवमा गणेश उप्रेती चयन भएका छन् । त्यस्तै निर्वाचन क्षेत्र १ को (ख) प्रदेश निर्वाचन क्षेत्रको ईन्चार्जमा सीता खतिवडा, संयोजकमा धन बहादुर मिजार र सचिवमा रामहरि श्रेष्ठ चयन भएका छन् । वागमती प्रदेश समितिको दोश्रो पुर्ण बैठकले संघिय निर्वाचन क्षेत्र २ को ईन्चार्जमा केसव पुडासैनी, संयोजकमा राजकुमार रेग्मी, सचिवमा कल्पना रिमाललाई चयन गरेको हो । निर्वाचन क्षेत्र २ को (क) प्रदेश निर्वाचन क्षेत्रको ईन्चार्जमा सुभद्रा नेपाल, संयोजकमा जगतबहादुर गुरुङ र सचिवमा लिलानाथ न्यौपाने चयन भएका छन् । त्यस्तै निर्वाचन क्षेत्र २ को (ख) प्रदेश निर्वाचन क्षेत्रको ईन्चार्जमा राममायाँ बोगटी, संयोजकमा नवराज ओझा र सचिवमा जयमान वाईबा चयन भएका छन् ।


    विहिवार सम्पन्न वागमती प्रदेश समितिको दोश्रो पुर्ण बैठकले जिल्लाको १२ वटै स्थानीय तहको ईन्चार्ज समेत चयन गरेको छ । बैठकले विदुर नगरपालिकामा रामचन्द्र पौडेल, बेलकोटगढि नगरपालिकामा नवीन पुडासैनी, ककनि गाँउपालिकामा उत्तम घिमिरे, शिवपुरी गाँउपालिकामा राजनलाल श्रेष्ठ र पञ्चकन्या गाँउपालिकामा रत्नबहादुर सुनारलाई ईन्चार्जको जिम्मेवारी दिइएको छ । त्यस्तै दुप्चेश्वर गाँउपालिकामा लालबहादुर तामाङ, तादी गाँउपालिकामा गमला श्रेष्ठ, लिखु गाँउपालिकामा विवेक ढकाल, सूर्यगढी गाँउपालिकामा सुवास तामाङ, किस्पाङ गाँउपालिकामा अर्जुन न्यौपाने, म्यागङ गाँउपालिकामा रामेश्वर खड्का र तारकेश्वर गाँउपालिकामा राजेन्द्र न्यौपानेलाई ईन्चार्जको जिम्मेवारी दिइएको छ ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया