विदुर । पालिका भित्र रहेका विद्यार्थीहरुको बोल्ने कलालाई प्रोत्साहन गर्न म्यागङ गाउँपालिकाको शिक्षा शाखाले बक्तृत्वकला प्रतियोगिता आयोजना गरेको छ ।
शुक्रवार माध्यमिक तह र आधरभूत तहका विद्यार्थीहरुलाई सहभागी गराई छुट्टाछुट्टै प्रतिष्पर्धा गराइएको थियो । माध्यमिक तहका विद्यार्थीहरुलाई “प्रविधि मैत्री शिक्षा आजको अवस्यक्ता” भन्ने शिर्षकमा प्रतिष्पर्धा गराइएको थियो । पालिका स्तरीय वक्तृत्वकला प्रतियोगितामा पहिलो सरस्वती मावि पहिलो, बिन्दु केशर मावि दोश्रो र सानु किम्ताङ मावि तेश्रो भएको गाउँपालिकाका उपाध्यक्ष शान्ति लामाले जानकारी दिनुभएको छ ।
यस्तै “बालमैत्री शिक्षा हाम्रो चाहना” भन्ने शिर्षकमा आधरभुत तहका विद्यार्थीहरु बिच गाउँपालिका स्तरीय वक्तित्वकला प्रतियोगिता सञ्चालन भएको थियो । उक्त प्रतियोगितामा देउराली बोर्डिङ स्कुल पहिलो, विन्दुकेशर मावि दोश्रो र बैजयन्ति शिक्षा निकेतन तेश्रो भएको छ । बिजेता विद्यार्थीहरुलाई प्रमाणपत्र सहित शैक्षिक सामाग्री पुरस्कार स्वरुप प्रदान गरिएको छ ।