शुक्रबार, २३ मंसिर २०७९
  • adarsha computer nuwakot
  • गौरेश्वरमा अध्ययनरत ६० जना विद्यार्थीहरुलाई विद्यालय पोषाक र शैक्षिक सामाग्री प्रदान

    समिकरण २०७८, १८ फाल्गुन बुधबार १६:०८ पढ्न लाग्ने समय < 1 मिनेट

    विदुर । तारकेश्वर गाउँपालिका वडा नम्बर ४ दर्शनटार स्थित गौरेश्वर आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई विद्यालय पोषाक र शैक्षिक सामाग्री प्रदान गरिएको छ ।
    लायन्स क्लब अफ काठमाडौं ग्लोबल टाउनले आयोजना गरेको एक कार्यक्रमका बिच वुधवार उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई विद्यालय पोषाक र शैक्षिक सामाग्री प्रदान हो । विद्यालयमा अध्ययरत ६० जना विद्यार्थीहरुलाई पोषाक र शैक्षिक सामाग्री प्रदान गरिएको लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ बि १ का क्लस्टर चिफअनुज कुमार श्रेष्ठले जानकारी दिनुभएकोे छ ।
    लायन्स क्लब अफ काठमाडौं ग्लोबल टाउनले सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर विद्यालयमा विद्यार्थीहरुलाई नियमित रुपमा उपस्थित हुनलाई उत्प्रेरणा जगाउन पोषाक र शैक्षिक सामाग्री प्रदान गरेको हो ।

    उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, शिक्षक, अभिभावक, लायन्स क्लब अफ काठमाडौं ग्लोबल टाउनका अध्यक्ष बैकुण्ठ रिमाल, लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ बि १ का रिजन चियर पर्सन टेकनाथ पौडेल, सिनियर एओजी श्रीकान्त आचार्य, क्लस्टर चिफ अनुजकुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया