मंगलबार, ३ जेठ २०७९
  • adarsha computer nuwakot
  • आफ्नै भवनबाट सुलभ तरकारी तथा फलफूल बजार सञ्चालन ।

    समिकरण २०७८, २१ फाल्गुन शनिबार १८:१० पढ्न लाग्ने समय < 1 मिनेट

    विदुर। जिल्ला सहकारी संघ लिमिटेड नुवाकोटद्धारा सञ्चालित सुलभ तरकारी तथा फलफूल बजारलाई थप व्यवस्थित बनाइएको छ ।
    कोरोना भाइरसको पहिलो चरणमा घुम्ति बजारबाट सुरु भएको सुलभ तरकारी तथा फलफूल बजारलाई सहकारी संघ नुवाकोटले औपचारिक रुपमा आफ्नै भवनबाट सञ्चालन हुने गरि व्यवस्थित बनाइएको हो । सहकारी बजार विकास कार्यक्रम अन्तर्गत रहेर सञ्चालित उक्त बजारमा खुल्ला बजारको तुलनामा २० देखि २५ प्रतिसत सम्म सस्तो मूल्यमा तरकारी तथा फलफूल उपभोक्ताले खरिद गर्न सक्ने जिल्ला सहकारी संघ लिमिटेड नुवाकोटका अध्यक्ष गजेन्द्र न्यौपानेले जानकारी दिनुभएको छ ।
    उचित मूल्यमा कृषकसँग कृषि उपजहरु खरिद गरेर सुलभ मूल्यमा उपभोक्तालाई बिक्रि गर्ने उदेस्य सहित सुलभ तरकारी तथा फलफूल बजारलाई सञ्चालन गरिरहेको अध्यक्ष न्यौपानेले बताउनुभएको छ । गाउँगाउँमा रहेका सहकारीद्धारा सञ्चालित तरकारी संकलन केन्द्रमा संकलित तरकारी तथा फलफूलहरु सुलभ तरकारी तथा फलफूल बजारले खरिद गरेर विक्रि वितरण गर्ने उहाँको भनाई छ ।

    जिल्ला सहकारी संघ लिमिटेड नुवाकोटका अध्यक्ष गजेन्द्र न्यौपाने


    जिल्ला सहकारी संघ लिमिटेड नुवाकोटको भवन निर्माणाधिन अवस्थामा रहेको छ । निर्माण व्यवसायीबाट भवन निर्माण कार्य सम्पन्न गरेर जिल्ला सहकारी संघलाई हस्तान्तरण गर्न बाँकी रहेको छ । तर उपभोक्ताहरुको मागलाई मध्यनजर गर्दै उक्त भवनबाटै सुलभ तरकारी तथा फलफूल बजार सञ्चालनमा ल्याइएको सचिव प्रकासकुमार अधिकारीले बताउनुभएको छ ।

    #अर्थ

    फेसबुक प्रतिक्रिया