विदुर । नेपाल सरकार राष्ट्रियताको विषयमा मौन रहेको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उप–महासचिव प्रदिप ज्ञवालीले बताउनुभएको छ ।
सरकार वाह्य सम्वन्धलाई खल्बलाउन तल्लिन रहेको बताउनुहदै उप–महासचिव ज्ञवालीले नेपालको स्वामित्व स्थापित गराउनको लागि बार्ता गर्नुको सट्टा लाचारीपन देखाइरहेको बताउनुभएको छ । प्रेस चौतारी नेपाल नुवाकोटद्धारा आयोजित पत्रकार सम्मेलन कार्यक्रममा उप–महासचिव ज्ञवालीले उत्तरी छिमेकी राष्ट्रलाई हुदैनभएको सिमा समस्याको बारेमा नेपाल सरकारले एकलौटी रुपमा छानविन समिति बनाएर बिच्काउने काम गरिरहेको बताउनुभएको छ । नेपाल र अमेरिका बिचको दुई पक्षिय विषय एमसिसिलाई सत्तामा रहेका राजनैतिक दलहरुले स्वार्थको लागि गिजोलेको उहाँको भनाई छ ।
देशको हरेक सूचकहरु संकटउन्मुख रहेको समेत उहाँले बताउनुभएको छ । विदेशी मुद्रा संचितमा न्यून, भुक्तानी सन्तुलन सबैभन्दा फराकिलो, व्यापार घाटा भयावह, नेपाली पूजिको विदेश पलायन, तरलताको अभावले व्यवसायीले वैंकबाट कर्जा लिन सक्ने अवस्था सिर्जना हुदा समेत नेपाल सरकार उदाशिन रहेको ज्ञवालीको भनाई छ । सरकार सरकार जस्तो नभएको समेत उहाँको भनाई छ ।
प्रधानमन्त्री शरबहादुर देउवा नेतृत्वको सरकारले आसन्न स्थानीय तहको निर्वाचन भयरहित वातावरणमा सम्पन्न गराउँछ भन्नेमा नेकपा एमालेका उपमहासचिव ज्ञवालीको आसंका रहेको छ । नेकपा एमालेको लगातारको दवावको कारण स्थानीय तहको निर्वाचनको मिति नेपाल सरकारले घोषणा गरेता पनि निर्वाचन आयोगलाई सघाउन आनाकानी गरिरहेको उहाँको जिकिर छ ।
गएको भदौँ २३ गतेदेखि नेकपा एमालेले निरन्तर रुपमा संसद अवरुद्ध गर्दै आइरहेको छ । सभामुख अग्नी सापकोटा पार्टीको कार्यकर्ताको रुपमा प्रस्तुत भएर नेकपा एमाले विभाजन गर्नलाई खेलेको भूमिका प्रति पार्टीको आपत्ति रहेको उहाँको भनाई छ । सभामुखमा निष्पक्षता नदेखिएकै कारण संसद अवरुद्ध गर्न नेकपा एमाले वाध्य रहेको उहाँले बताउनुभएको छ ।