मंगलबार, ३ जेठ २०७९
  • adarsha computer nuwakot
  • महेन्द्र मावि र तिनधारे पिपलडाडा माविमा अनेरास्ववियुको कमिटि निर्माण

    समिकरण २०७८, २८ फाल्गुन शनिबार १०:१६ पढ्न लाग्ने समय < 1 मिनेट

    विदुर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) नुवाकोटले शुक्रवार २ वटा विद्यालयमा कमिटि निर्माण गरेको छ ।
    विदुर नगरपालिका वडा नम्बर १२ मा अवस्थित महेन्द्र माध्यामिक विद्यालय र तिनधारे पिपलडाडा माध्यमिक विद्यालयमा कमिटि निर्माण गरिएको हो । जिल्ला कमिटि सचिव प्रशान्तजंग पाण्डेको अनुसार महेन्द्र माध्यामिक विद्यालयमा विवश ढुंगानाको अध्यक्षतामा ४१ सदस्यीय कमिटि निर्माण गरिएको छ । कमिटिको उपाध्यक्षहरुमा प्रदिप अधिकारी, सन्तोषी अििधकारी, आसिका रिमाल, सचिवमा शारदा राई, सह–सचिवहरुमा आशिका राई, सुगन रिमाल र कोषाध्यक्षमा शषिकला अधिकारी चयन भएका छन् ।
    यस्तै तिनधारे पिपलडाडा माध्यमिक विद्यालयमा .रामकृष्ण भट्टको अध्यक्षतामा अनेरास्ववियुको कमिटि निर्माण गरिएको छ । कमिटिको उपाध्यक्षहरुमा नवीन श्रेष्ठ, गौरी आचार्य, सन्दिप अधिकारी, सचिवमा सन्ध्या विक, सह–सचिवहरुमा अनिता पौडेल, विनिता विक र कोषाध्यक्षमा सन्दिप भट्ट चयन भएका छन् । उक्त विद्यालयमा ३९ सदस्यीय कमिटी निर्माण गरिएको जिल्ला कमिटि सचिव प्रशान्तजंग पाण्डेले जानकारी दिनुभएको छ ।


    ती विद्यालयहरुमा कमिटि निर्माण गर्नलाई जिल्ला कमिटि सचिव पाण्डे सहित जिल्ला अधिबेशन आयोजक कमिटी सदस्यहरु फैसल दिन, सन्तोष सर्गम अधिकारी, बिनोद घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया