मंगलबार, ३ जेठ २०७९
  • adarsha computer nuwakot
  • शिवपुरीमा “महिला जनप्रतिनिधिहरुसँग स्त्रीरोग सम्वन्धी कार्यक्रम” सुरु

    समिकरण २०७८, ६ चैत्र आईतवार २२:२६ पढ्न लाग्ने समय < 1 मिनेट

    शिवपुरी गाउँपालिकामा “महिला जनप्रतिनिधिहरुसँग स्त्रीरोग सम्वन्धी कार्यक्रम” सुरु भएको छ ।
    विशेष गरी महिलाको पाठेघरसँग सम्वन्धी समस्या पहिचानको लागि स्वास्थ्य तथा सामाजिक विकास शाखाले आइतवारदेखि यो कार्यक्रम सुरु गरेको हो । पहिलो दिन तलाखु स्वास्थ्य चौकीमा सञ्चालित कार्यक्रममा वडा नम्बर १ र २ का २ सय १५ जनाले सेवा लिएका छन् । कार्यक्रममा सहभागी भएका मध्ये ५ जनाको पाठेघरको अप्रेशन गर्नु पर्ने देखिएको स्वास्थ्य शाखा प्रमुख उद्धव कार्कीले जानकारी दिनुभएको छ । यस्तै ९८ जनाको STI/PIDको उपचार तथा २५ जनाको रिड प्रेशरी राखिएको स्वास्थ्य शाखा प्रमुख कार्कीले जानकारी दिनुभएको छ ।
    यस्तै शिबिरमा १ सय ८५ जनाको पाठेधरको मुखको क्यान्सरको चेकजाँच गरिएको छ । यहि चैत्र ११ गतेसम्म शिविर सञ्चालन हुनेछ । सोमवार वडा नम्बर ३ मा रहेको सल्लेमैदान स्वास्थ्य चौकीमा उक्त कार्यक्रम सञ्चालन हुने कार्यसूचि रहेको छ ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया