मंगलबार, ३ जेठ २०७९
  • adarsha computer nuwakot
  • नुवाकोटमा १ हजार ३ सय २७ जनालाई म्यादी प्रहरीमा भर्ना गराइने

    समिकरण २०७८, ६ चैत्र आईतवार २२:३५ पढ्न लाग्ने समय < 1 मिनेट

    विदुर । आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर म्यादी प्रहरीको भर्ना खुलेको छ ।
    आइतवारदेखि ११ गतेसम्म १८ वर्ष पूरा भएका र ५४ वर्ष ननाघेका इच्छुक व्यक्तिले म्यादी प्रहरीमा भर्नाका लागि आवेदन दिन सक्नेछन् । भर्ना हुन अन्य स्वास्थ्य मापदण्ड प्रहरी जवान सरह हुने उल्लेख छ । ४० दिनका लागि म्यादी प्रहरी भर्ना गर्न लागिएको हो । म्यादी प्रहरीमा भर्ना हुन सबै जिल्ला प्रहरी कार्यालयमा आवेदन दिन सकिनेछ । म्यादी प्रहरीले प्रहरी जवानसरह नै सेवा सुविधा पाउनेछन् । छनोट भएका म्यादी प्रहरीलाई ७ दिन तालिम दिएर चुनावको सुरक्षामा खटाउने तयारी छ ।
    म्यादी प्रहरीको प्रशिक्षण आउँदो २८ गतेदेखि सुरु हुने सूचनामा उल्लेख छ । म्यादी प्रहरीले दिनको सात सय ५६ रुपैयाँका दरले तलब पाउनेछन् । ४० दिनको ७ हजार रुपैयाँ रासन भत्ता, पोसाक भत्ता ६ हजार र एक हजार रुपैयाँ यातायात खर्च उपलब्ध गराइनेछ । स्थानीय तह निर्वाचनको लागि एक लाख जना म्यादी प्रहरी माग गरिएको छ ।
    नुवाकोट जिल्लाको लागि १ हजार ३ सय २७ जना म्यादी प्रहरी भर्ना गरिने जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ ।

    #अर्थ

    फेसबुक प्रतिक्रिया