मंगलबार, ३ जेठ २०७९
  • adarsha computer nuwakot
  • एमाले विदुरले कार्यकर्ता संरक्षण कोष स्थापना गर्ने

    समिकरण २०७८, ६ चैत्र आईतवार २२:५४ पढ्न लाग्ने समय < 1 मिनेट

    विदुर । नेकपा एमालेभित्र लामो समयदेखि उठिरहेको कार्यकर्ता संरक्षण कोष विदर नगरकमिटिले स्थापना गर्ने भएको छ ।
    एमालेको पाँचौँ जिल्ला अधिवेशनमा कार्यकर्ता संरक्षण कोष स्थापना गर्ने विषय उठान भएको थियो । तर, विषय उठान भए पनि एक दशकसम्म त्यसले मूर्त रूप पाउन नसकेको बेलामा विदुर नगरकमिटिको निर्णयले जिल्लातहमा पनि कार्यकर्ता संरक्षण कोष स्थापना हुने आशा पलाएको छ । नेकपा एमालेको गत पस २५ गते सम्पन्नु सातौँ जिल्ला अधिवेशनले पनि कार्यकर्ता संरक्षण कोषको कुरा उठाएको थियो । कोषको लागि विदुर नगरकमिटिका सचिव अनुजकुमार श्रेष्ठले एक लाख रुपैयाँ र विदर वडा नमबर ४ का वडा कमिटिका अध्यक्ष नीलमबाब ढुंगेलले १० हजार रुपैयाँ प्रदान गर्ने प्रतिवद्दता जनाएका छन् । कोषको लागि रकम संकलन गर्ने र त्यसलाई पूर्णता दिन लागि पर्ने नगरकमिटिले जनाएको छ । शक्रबार विदुरमा भएको विदुर नगरकमिटिको बैठकले कोष स्थापनाको गर्ने निर्णय गरेको हो । कोष स्थापनापछि आएको व्याजबाट कार्यकर्ताहरूलाई समस्या पर्दा सहयोग गर्न सहज हने भएकोले पार्टीले कोष स्थापनालाई प्राथमिकतामा राखेर काम थालेको एमालेले जनाएको छ ।
    त्यस्तै नेकपा एमाले विदुर नगर कमिटीको पहिलो पूर्ण बैठकले सदस्य मनोनयन र सचिवालय गठन गरेको छ । बैठकले रिक्त रहेको १० सदस्यहरु मानोनयन गरेको छ । यस्तै बैठकले १९ सदस्यीय नगर कमिटीको सचिवालय गठन गरेको सचिव अनुजकुमार श्रेष्ठले जानकारी दिनुभएको छ । सचिवालय सदस्य नै रहने गरी नगरपालिकाको १३ वटै वडामा इन्चार्ज समेत तोकिएको सचिव श्रेष्ठले जानकारी दिनुभएको छ । बैठकले “टोलटोलमा संगठन, घरघरमा सदस्य” अभियानलाई सार्थक तुल्यान सबै पार्टी कमिटी एकजुट भइ सक्रिय हुने निर्णय पनि गरेको सचिव श्रेष्ठले बताउनुभएको छ । (त्रिशूली खवर साप्ताहिकबाट)

    #अर्थ

    फेसबुक प्रतिक्रिया