मंगलबार, १३ मंसिर २०७९
  • adarsha computer nuwakot
  • जनजाति पत्रकारको निर्वाचन प्रक्रिया सुरु, सर्वसम्मतको प्रयास

    समिकरण २०७८, ७ चैत्र सोमबार १७:४१ पढ्न लाग्ने समय < 1 मिनेट

    चितवन- नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को सातौं संघीय समितिको निर्वाचन प्रक्रिया सुरु भएको छ । चितवनको सौराहामा जारी महाधिवेशनले संघीय समितिको संख्या थप गर्दै निर्वाचन प्रक्रिया अघि बढाएको हो । ३७ सदस्यीय संघीय कार्यसमितिको संख्या बढाएर ४७ सदस्यीय बनाउने गरि विधान संशोधन पारित गरेको छ । संशोधित विधान अनुसार अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ४ (खुल्ला १, महिला १, संस्थागत १, अल्पसंख्यक १), महासचिव १, सचिव ६ (खुल्ला ३, महिला १, संस्थागत १, अल्पसंख्यक १) र कोषाध्यक्ष १, सहकोषाध्यक्ष १ (महिला अनिवार्य) गरि पदाधिकारी चयन गर्नेछ । सदस्यहरुतर्फ वैदेशिक शाखाबाट १, खुल्ला सदस्य ५, महिला सदस्य ७, अल्पसंख्यक सदस्य ४ (२ महिला अनिवार्य) निर्वाचित हुनेछन् । सातै प्रदेशका इन्चार्जको पनि आजै टुंगो लगाउनेछ । समावेशीता लगायत महासंघको बढ्दो सदस्य संख्याका आधारमा थप पदहरु सिर्जना गरिएको फोनिज संघीय समितिले जनाएको छ । जातिय पहिचान र संचारमा समावेशिता फोनिजको मुल उदेश्य हो । कार्यक्रममा देशभरबाट प्रतिनिधिहरु सहभागी छन् ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया