शुक्रबार, २३ मंसिर २०७९
  • adarsha computer nuwakot
  • कुनै पनि दलसँग चुनावी तालमेल बारे स्पष्ट भइसकेको छैन -प्रदेश इन्चार्ज शाक्य

    समिकरण २०७८, ७ चैत्र सोमबार १९:३२ पढ्न लाग्ने समय < 1 मिनेट

    विदुर । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रिय सदस्य तथा बागमती प्रदेशका इन्चार्ज हितमान शाक्यले कुनैपनि दलसँग चुनावी तालमेल बारे स्पष्ट नभएको बताउनुभएको छ ।
    माओवादी केन्द्र जिल्ला समन्वय समिती नुवाकोटले आयोजना गरेको बिस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता शाक्यले माओबादी पार्टी एक्लै मजबुत रहेकाले कुनै दलसँग गठबन्धनको कुरा नभएको बताउनुभएको हो । नेता शाक्यले पार्टी अझै मजबुत बनाउन र आगामी बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचन आफ्नो पक्षमा ल्याउन पार्टीको एजेन्डा सहित वडावडा र टोलटोलमा पुगेर चुनाबी अभियानमा लाग्न निर्देशन समेत दिनुभएको छ ।
    कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य तथा बागमती प्रदेशका सह इन्चार्ज तथा संघिय साम्सद हितबहादुर तामाङले नुवाकोटका सबै स्थानीय तहले निर्वाचनममा अगाडी पछाडी, नया पुरानो केही नभनि आफ्नो भन्दापनी मतदातामाझ लोकप्रिय नेतालाइ चुनाबी मैदानमा उतार्नको लागि वडादेखी पालिका कमिटिलाइ निर्देशन दिनुभएको छ ।
    कार्यक्रममा १२ वटै स्थानीय तहका प्रमुखहरुले पार्टीको पछिल्लो अवस्थाको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा बागमती प्रदेशका उपसभामुख राधिका तामाङ, केन्द्रिय सदस्य तथा नुवाकोट इन्चार्ज बिमला सुवेदी, जिल्ला संयोजक पुस्प लामिछाने, पार्टीका जिल्ला सह इन्चार्ज तथा प्रदेश साम्सद हिरानाथ खतिवडा लगायतको सहभागिता रहेको थियो ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया