शुक्रबार, १० चैत २०७९
  • adarsha computer nuwakot
  • नेकपा एसको शक्ति दिन दुई गुणा रात चौगुणाको दरले बृद्धि भइरहेको छ–अध्यक्ष नेपाल

    समिकरण २०७८, ९ चैत्र बुधबार १८:०९ पढ्न लाग्ने समय < 1 मिनेट


    नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) का केन्द्रीय अध्यक्ष माधवकुमार नेपालले पार्टीको शक्ति दिन दुई गुणा रात चौगुणाको रुपमा वृद्धि भइरहेको बताएका छन् । समाजवादी प्रेस संगठन नुवाकोट शाखाले मंगलवार विदुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले स्थापनाको ६ महिनामा नै पार्टी बालिक भएको बताएका छन् । “हामी बालिक भइसकेका छौँ । हाम्रो शक्ति बलियो भइसकेको छ । हामी उच्च बनोबलका साथ पार्टीलाई अगाडी बढाइरहेका छौँ । सबै खालको परिस्थितिको सामना गर्न तयार छौँ,” अध्यक्ष नेपालले भने, “सहि बिचार लिएर अगाडी बढिरहेका छौँ । कम्युनिष्ट आन्दोलनको मूल धारलाई आत्मसाथ गरिरहेका छौँ । बाम शक्ति र लोकतान्त्रिक शक्तिसँग हातेमालो गर्न चाहान्छौ । हामीलाई कसैले होच्याउने काम गर्छन् भने त्यो स्वीकार्य हुदैन ।”
    नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) चुनावी गठबन्धनमा जान तयार रहेको केन्द्रीय अध्यक्ष माधवकुमार नेपालले बताएका छन् । चुनावी गठबन्धनको नाममा अरुको साहारामा बिलिन नहुने समेत अध्यक्ष नेपालको भनाई छ । आफ्नो साहारा र शक्तिमा निर्वाचनमा होमिन तयार रहेको भन्दै नेपालले भने, “आफ्नो शक्तिलाई बलियो बनाउनको लागि पार्टी कमिटि निर्माणमा जुटेको छ । टोलटोलमा अभियान सञ्चालन गरेर गइरहेका छौँ । विभिन्न पार्टीहरुले निर्वाचनमा तालमेल गर्नलाई आग्रह गरिरहेको अवस्था छ । स्वाभिमानलाई कायम राखेर, शिर ठाडो पारेर, आफ्नो हैसियतलाई ध्यानमा राखेर हामी चल्छौँ ।”पत्रकार भेटघाटको क्रममा अध्यक्ष नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विषयमा रहेको भ्रम टुटेको समेत बताएकाछन् । एमससीसीको विषयमा रहेको भ्रम र सङ्का निवारणको लागि कानुनी व्यवस्था अनुसार नै व्याख्यात्मक टिप्पणी गरिएको र उक्त टिप्पणीले जनताको मनोबल बढाएको उनको भनाई छ । यस्तै अध्यक्ष नेपालले गठबन्धन सरकार टुट्दैछ भन्ने हल्लामा सत्यता नरहेको समेत बताएका छन् । स्टिकर, पर्चा, पम्प्लेट बाड्ने र नारा घन्काउने जस्ता गतिविधि जनताको टोलटोलमा आयोजना गरी जनताको माझमा पार्टीलाई लोकप्रिय बनाउन नेपालले कार्यकर्ताहरुलाई आग्रह समेत गरेका छन् ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया