शुक्रबार, २३ मंसिर २०७९
  • adarsha computer nuwakot
  • भगवान समक्ष भ्रष्ट्राचार गर्दिन भनि सपथ खुवाएर मात्रै राप्रपाले उम्मेदवार बनाउँछ- सह-महामन्त्री प्याकुरेल (आवाज सहित)

    समिकरण २०७८, १० चैत्र बिहीबार २०:५५ पढ्न लाग्ने समय < 1 मिनेट

    विदुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सह–महामन्त्री झनक प्याकुरेलले भ्रष्ट्राचार गर्दिन भन्ने विषयमा भगवान समक्ष सपथ खुवाएर मात्रै आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनाउने बताउनुभएको छ ।
    राष्ट्रिय प्रजातन्त्र पार्टी नगर कार्य समितिले आयोजना गरेको पत्रकार सम्मेलनलाई संवोधन गर्नुहुदै सह–महामन्त्री प्याकुरेलले अन्य राजनैतिक दलबाट निर्वाचित जनप्रतिनिधिहरु भ्रष्ट्राचारमा लिप्त भएको कारण आफ्नो उम्मेदवारहरुलाई सचेत गराउन धार्मिक आस्थाको आधारमा भगवान समक्ष सपथ खुवाएर उम्मेदवार मनाउने उहाँको भनाई छ । भ्रष्ट्राचार, कुशासन रहित समाज निर्माणको अभियानमा राष्ट्रिय प्रजातन्त्र पार्टी रहेकोले पार्टीले यस्तो निर्णय गरेको उहाँले बताउनुभएको छ । चुनावी नामको परीक्षामा सहभागी हुनलाई पार्टीले देशभर चुनावी अभियान सञ्चालन गरिरहेको र निर्वाचनमय वातावरण निर्माणमा तल्लो तहदेखि माथिल्लो तह सम्मको समिति सक्रिय रहेको सह–महामन्त्री प्याकुरेलले बताउनुभएको छ । साथै उहाँले राष्ट्रिय प्रजातन्त्र पार्टी छोडेर जानुभएका कमल थापाबाट राष्ट्रघाती काम भएको र यसबाट नुवाकोटमा कुनै असर नपरेको समेत उहाँको भनाई छ ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सह–महामन्त्री झनक प्याकुरेल


    यस्तै जिल्ला अध्यक्ष कुलबहादुर खड्गीले प्रत्येक पालिका र वडामा सम्पर्क कार्यलय स्थापना गरिहेको बताउनुभएको छ । सम्पर्क कार्यलय स्थापना गर्ने काम लगभग ९० प्रतिसत सम्पन्न भइसकेको उहाँले जानकारी दिनुभएको छ ।
    आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी विदुर नगर कार्य समितिले शुक्रवार नगर स्तरीय कार्यकर्ता भेला आयोजना गर्दैछ । उक्त भेलामा राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान केन्द्रीय अध्यक्ष एवं पूर्व मन्त्री डाक्टर प्रकाशचन्द्र लोहोनी र महामन्त्री राजेन्द्र गुरुङ लगायतबाट संवोधन हुने नगर कार्य समिति अध्यक्ष प्रकाश जोशीले जानकारी दिनुभएको छ । उहाँको अनुसार भेला पश्चात विदुर नगरपालिकाको १३ वटै वडामा पार्टीको तर्फबाट उम्मेदवार छनौट गरी स्थानीय तहको निर्वाचनमा सहभागी हुने तयारी रहेको अध्यक्ष जोशीले जानकारी दिनुभएको छ ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया