मंगलबार, ३ जेठ २०७९
  • adarsha computer nuwakot
  • चैत्र १९ गते प्रथम बुद्धिमाया स्मृति कर्पोरेट फुटसल प्रतियोगिता हुने

    समिकरण २०७८, १० चैत्र बिहीबार २१:२८ पढ्न लाग्ने समय < 1 मिनेट

    विदुर । यहि चैत्र १९ गते प्रथम बुद्धिमाया स्मृति कर्पोरेट फुटसल प्रतियोगिता हुने भएको छ ।
    लामो समयदेखि कोरोना भाइरसले थलिएको समाजलाई शारिरिक तथा मानसिक रुपमा बलियो बनाउन खेलकुदको महत्वपूर्ण भूमिका रहेकोले बुद्धिमाया स्मृति सस्थाले प्रतियोेगिता सञ्चालन गर्न लागिएको हो । प्रतियोगितामा सहभागी हुन इच्छुकहरुले १५ गते सम्ममा टिम दर्ता गराइसक्नुपर्ने सस्थाको सचिव मनिस नगरकोटीले जानकारी दिनुभएको छ । प्रतियोगितामा सहभागी हुने टिमले खेलाडी ८ जना, १ जना कोच र १ जना व्यवस्थापक सहित १० जनाको नाम दर्ता गराउनुपर्ने सचिव नगरकोटीले जानकारी दिनुभएको छ ।
    समूह तथा संघसस्थाहरुले प्रतियोगितामा सहभागी हुन पाउने छन् । टिम दर्ताको शुल्क ३ हजार रुपैयाँ रहेको छ । प्रतियोगिताको प्रथमलाई २५ हजार रुपैयाँ, दोश्रोलाई १५ हजार रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ ।

    #खेलकुद

    फेसबुक प्रतिक्रिया