मंगलबार, ३ जेठ २०७९
  • adarsha computer nuwakot
  • विशेष अधिवेसन मार्फत नुवाकोट ब्याडमिन्टन संघको नयाँ कार्य समिति चयन

    समिकरण २०७८, १३ चैत्र आईतवार १२:४१ पढ्न लाग्ने समय < 1 मिनेट

    विदुर । नुवाकोट ब्याडमिन्टन संघको अध्यक्षमा धनसिं तामाङ चयन हुनुभएको छ ।
    शनिवार सम्पन्न विशेष अधिवेसन मार्फत तामाङलाई अध्यक्षको जिम्मेवारी प्रदान गरिएको हो । नुवाकोट ब्याडमिन्टन संघको उपाध्यक्षहरुमा श्रीराम तामाङ, हरिकृष्ण डंगोल, चन्दन घले, रामकुमार रिजा, सचिवमा पासर अधिकारी र कोषाध्यक्षमा प्रेमकृष्ण राजभण्डारी चयन भएका छन् । संघको कार्य समिति सदस्यहरुमा शिव लाल श्रेष्ठ, भिम बज्राचार्य, बिष्णु प्याकुरेल, रबिन्द्र भुजेल, अजय थापा, राम कुमार कोइराला, अस्मिता रिमाल र आयुषा प्याकुरेल रहेका छन् ।
    यस्तै सल्लाहकारहरुमा फैसिङ तामाङ्ग, शनि चित्रकार, गणेश शाही, कुल बहादुर खड्गी र बिनय प्रसाद लामिछाने (नवीन) रहेका छन । नुवाकोट ब्याडमिन्टन संघको नयाँ कार्य समितिले ८ जनालाई कार्य समितिमा मनोनित समेत गरेको छ । मनोनित भएका सदस्यहरुमा सुरज लामा, राजेन्द्र श्रेष्ठ, राजिव पन्थ, प्रोग्रेश श्रेष्ठ, धिरज सापकोटा, प्रज्वल प्रधान, सुरेश गुरुङ र रोशन अधिकारी रहेको सचिव पारस अधिकारीले जानकारी दिनुभएको छ । सचिव अधिकारीको अनुसार नुवाकोट ब्याडमिन्टन संघबाट करिव एक सय जनाले सदस्यता लिएका छन् ।

    #खेलकुद

    फेसबुक प्रतिक्रिया