शुक्रबार, १० चैत २०७९
  • adarsha computer nuwakot
  • नुवाकोटको ककनी गाउँपालिकामा मात्रै महिला निर्वाचन अधिकृत

    समिकरण २०७८, १४ चैत्र सोमबार ०८:२० पढ्न लाग्ने समय < 1 मिनेट

    विदुर । नुवाकोटको १२ स्थानीय तह मध्ये एउटा स्थानीय तहमा मात्रै महिला निर्वाचन अधिकृत तोकिएको छ ।
    निर्वाचन आयोगले प्रकासित गरेको सूचना अनुसार जिल्लाको ककनी गाउँपालिकामा महिला निर्वाचन अधिकृत तोकिएको हो । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कानुन तथा फैसला कार्यान्वयन शाखामा कार्यरत उप–सचिव निर्मला गुरुङलाई ककनी गाउँपालिकाको निर्वाचन अधिकृतको जिम्मेवारी प्रदान गरिएको निर्वाचन आयोगले जनाएको छ ।
    वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकेको छ । जिल्ला न्यायाधीश र राजपत्राङ्कित द्धितीय श्रेणीका अधिकृत कर्मचारीलाई आउँदो २९ गतेदेखि लागू हुने गरी मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमा नियुक्त गरिने आयोगले जनाएको छ ।
    जस अन्र्तगत नुवाकोट जिल्ला अदालतका जिल्ला न्यायधिस उमेसप्रसाद लुइटेललाई मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको छ ।
    यस्तै निर्वाचन आयोगको सूचना अुनसार किस्पाङ गाउँपालिकामा जिल्ला सरकारी वकिल कार्यलयका जिल्ला न्यायाधिबक्ता टेकराज भुसाल, तादी गाउँपालिकामा सस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका उपसचिव विवेक घिमिरे, तारकेश्वर गाउँपालिकामा फैसला कार्यान्वयन निर्देशनालयका निर्देशक जीवनकुमार भण्डारी, दुप्चेश्वर गाउँपालिकामा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव केशरबहादुर पण्डित, पञ्चकन्या गाउँपालिकामा अध्यागमन विधागका निर्देशक अन्जन न्यौपाने र बेलकोटगढी नगरपालिकामा महान्यायधिवक्ता कार्यलय काठमाडौका उपन्यायधिवक्ता टेकबहादुर कार्की निर्वाचन अधिकृतको रुपमा खटिनेछन् ।
    यस्तै म्यागङ गाउँपालिकामा जिल्ला समन्वय समितिमा कार्यरत उपसचिव सूर्यदर्शनन पण्डित, लिखु गाउँपालिका सत्य निरुपण तथा मेलमिलाप आयोगका उपन्यायधिवक्ता पूर्णबहादुर थापामगर, शिवपुरी गाउँपालिकामा उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयका उपसचिव खरूदेव चुडाल र सूर्यगढी गाउँपालिकामा नुवाकोट जिल्ला अदालतका स्रेस्तेदार इन्द्रकुमार खड्कालाई निर्वाचन आयोगले निर्वाचन अधिकृतको जिम्मेवारी प्रदान गरेको छ ।
    चुनावी कार्यक्रम अनुरुप उम्मेदवारको मनोनयन दर्ता, मनोनयनउपर उजुरी लिने, उजुरीउपर छानबिन गर्ने, उम्मेदवारको अन्तिम मतदाता नामावली प्रकाशन गर्ने, निर्वाचन चिह्न दिने, आचारसंहिताको पालना गराउने, मतदानका लागि कर्मचारी खटाउने, मतदान र मतगणना गराउने, आफ्नो क्षेत्रको निर्वाचन विवाद निरुपण गर्ने तथा निर्वाचन परिणाम प्रकाशन गरी आयोगमा प्रतिवेदन बुझाउने निर्वाचन अधिकृतको मुख्य जिम्मेवारी अन्तर्गत पर्दछ ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया