वडा सदस्य रुपा थापा, विदुर नगरपालिका वडा नम्बर १
विदुर-वडाका बिपन्न नागरिकहरुलाई सहयोग गर्ने लक्ष्य सहित विदुर नगरपालिका–१ की वडा सदस्य रुपा थापाले अक्षय कोष स्थापना गर्नुभएको छ ।
वडा सदस्य थापाले जनप्रतिनिधि भए पश्चात प्राप्त भएको सेवा सुविधा बापतको ३ लाख ७८ हजार रुपैयाँ र परिवारका अन्य सदस्यहरुबाट प्राप्त ३ लाख रुपैयाँ गरी ६ लाख ७८ हजार रुपैयाँको अक्षय कोष स्थापना गर्नुभएको हो । स्वर्गीय हजुरबुवा र हजुरआमाको नामबाट “यु कुमारी कटक बहादुर थापा अक्षय कोष” स्थापना गरिएको वडा सदस्य थापाले जानकारी दिनुभएको छ । “गएको चैत्र ४ गते प्रभु वैङ्कमा अक्षय कोषको नाममा मुद्धति खाता खोलेर रकम जम्मा गरेकी छु । कोषमा रहेको रकमबाट वार्षिक रूपमा प्राप्त हुने ब्याजले वडाका विपन्न नागरिकको लागि आवस्यक्ता अनुसार शिक्षा, स्वास्थ्य लगायतको क्षेत्रमा खर्च गर्ने योजना रहेको छ,” वडा सदस्य थापाले भन्नुभयो “वडाका विपन्न नागरिकहरुलाई थोरै भए पनि राहतको महसुस गराउनको लागि अक्षय कोष स्थापना गरेकी हु ।”
अक्षय कोष स्थापनाको लागि दिदी दीपा थापा प्याकुरेल, बुवा मदन मोहनसिं थापा र आमा इन्दु थापाबाट समान एकएक लाख रुपैयाँ प्राप्त भएको उहाँले बताउनुभएको छ । साथै आगामी निर्वाचन मार्फत जनप्रतिधि बन्ने अबसर प्राप्त भए पनि ÷नभए पनि वडाका बिपन्न नागरिकको साथमा रहने प्रतिवद्धता थापाको रहेको छ ।