मंगलबार, ३ जेठ २०७९
  • adarsha computer nuwakot
  • स्थानीय तह निर्वाचन _नुवाकोटमा केन्द्रीय नेताहरुको लर्को

    समिकरण २०७८, १६ चैत्र बुधबार ०९:४१ पढ्न लाग्ने समय 2 मिनेट

    नुवाकोट । स्थानीय तहको निर्वाचनको मिति नजिकिन थालेपछि राजनीतिक दलहरुको पनि सक्रियता बढ्न थालेको छ । सरकारले निकै आलटालपछि स्थानीय तहको निर्वाचनको मिति तय गरेपछि दलहरुले स्वागतमात्र गरेका छैनन्, नागरिकको घरदैलोमा जानेक्रमलाई पनि तिब्रता दिएका छन् ।
    जिल्लामा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, राप्रपा लगायत ठूला तथा साना राजनीतिक दलहरु मतदाताको घरदैलोमा पुग्न थालेका छन् । विशेष गरेर पार्टीहरुले टोल कमिटी बनाउने योजनालाई तिब्रता दिदैं मतदाताको टोलमा पुग्न थालेका हुन् । टोल कमिटि गठन र पार्टीको वडा कार्यालय उद्घाटनको नाममा पनि गाउँगाउँमा नेताहरुको ताँती लाग्न थालेको छ ।
    गत फागुन २८ गते सदुरमुकाम रहेको विदुर नगरपालिका–५ पीपलटारस्थित पोष्टबहादुर बोगटीको सालिक अनावरणमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आए । जिल्ला माओवादीले आफुनो दलगत गतिविधिलाई तिब्रता दिनको लागि बोगटीको सालिकको अनावरणको योजनामा केन्द्रीय अध्यक्षलाई जिल्लामा ल्याउन सफल भएको हो । यसले सदरमुकाम रहेको विदुर नगरपालिकामा पार्टीको उपस्थितीलाई बलियो बनाउन थप सघाउने माओवादीका जिल्ला नेताहरुको विस्वास रहेको छ ।
    फागुन ३० गते नुवाकोटमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि नुवाकोट आए । किस्पाङ गाउँपालिका र तादी गाउँपालिकाका नवनिर्मित कार्यालय भवनको उद्घाटनको लागि जिल्लामा आएका सभापति देउवाको कारण कार्यकर्ताहरुमा उत्साह छाएको नेपाली कांग्रेस नुवाकोटका सचिव श्रीराम श्रेष्ठ बताउँछन् । नजिकिदो निर्वाचन, गठबन्धन सरकारको कारण व्यस्त रहेको प्रधानमन्त्री देउवाले नुवाकोटलाई प्राथमिकतामा राखेर आउनुले कार्यकर्ताहरुमा उत्साहित हुनु स्वभाविक रहेको श्रेष्ठको भनाई छ ।
    नेकपा एमालेबाट विभाजन भएर बनेको दल नेकपा –एकिकृत समाजवादी)का केन्द्रीय अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पनि नुवाकोट आएका छन् । चैत ८ गते विदुरमा भएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न अध्यक्ष नेपाल नुवाकोट आएका हन् । नेता नेपाल नुवाकोट आउनुलाई नेकपा एसका जिललाका नेता तथा कार्यकर्ताहरुले आफ्नो पार्टीको प्रभावमा थप विस्तार हुने अपेक्षा गरिएको जिल्ला कमिटि सदस्य तथा आर्थिक विभाग प्रमुख रामकृष्ण राजभण्डारीले बताउँछन् । विभिन्न पार्टीबाट नेकपा एसमा प्रवेश गर्ने तीन सय जनाभन्दा बढीलाई अध्यक्षको हातबाट टीका लगाएर स्वागत समेत गराएका छ । नेकपा एमालेबाट निर्वाचित विदुर नगरपालिका वडा नं. ६ का वडाअध्यक्ष राजु सडौला पनि अध्यक्ष नेपालको हातबाट टीका लगाएर नेकपा एसमा प्रवेश गरेका छन् । सडौलाले तीन महिलाअघि नै एमाले छाडेर बसेका थिए ।
    ठूला र सत्तासिन दलका केन्द्रीय अध्यक्षहरुको लर्को नुवाकोटमा आइरहेको बेलामा प्रमुख प्रतिपक्ष दल पनि कम हुने कुरै भएन । तर, यो पटक नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई नुवाकोट ल्याउने योजना भने पुरा नहुने भएको छ ।
    नेपाल बुद्धीजिवी परिषदको केन्द्रीय महाधिवेशन नुवाकोटमा गर्ने र कार्यक्रमलाई संवोधन गर्न अध्यक्ष ओली आउने कार्यक्रम रोकिएको छ । परिषदको महाधिवेशन काठमाडौंमै हुने भएपछि ओली आउने कार्यक्रम अहिलेलाई रोकिए पनि कुनै चुनावी कार्यक्रम तय गरेर ओलीलाई नुवाकोट ल्याउने योजना रहेको एमाले केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज विन्दा ढुंगानाले जानकारी दिइन् । स्थानीय तह निर्वाचनको मुखमा सदरमुकाम रहेको विदुर नगरमा केन्द्रीय अध्यक्ष उतार्न पाए मतदाताको विस्वास थप जित्न सक्ने एमालेको आंकलन रहेको छ ।
    यस्तै, कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत, केन्द्रीय नेताहरु अर्जुननरसिंह केसी, डा. रामशरण महतको पनि नुवाकोटमा पछिल्लो समय बाक्लै उपस्थिती देखिन थालेको छ । केन्द्रीय सदस्य तथा सांसद बहादुर सिंह लामाले जाडो महिना सुरु भएदेखि विद्यालयका छात्राछात्रलाई पोशाक वितरण गर्न गाउँगाउँ पुग्दै आएका छन् भने अर्जुन नरसिंह केसी योशोदादेवी भगवानसिंह मेरोरियल ट्रष्टबाट स्वास्थ्य सामग्री बोकेर गाउँगाउँमा पुगेका छन् ।
    राप्रपाले पनि राजनीतिक गतिविधिलाई तिब्रता दिएको छ । कमल थापाले राप्रपा टुक्राएर राप्रपा नेपाललाई सक्रिय बनाए पनि नुवाकोटमा भने फुटको प्रभाव परेको छैन । राप्रपाले कार्यकर्ता प्रशिक्षण सञ्चालन गरेको छ भने विहीबार विदुरमा पत्रकार सम्मेलन गरी आगामी स्थानीय तहको निर्वाचनको लागि उम्मेदवार बन्नेहरुलाई उम्मेदवारको धार्मिक संस्कार अनुसार कसम खुवाएर उम्मेदवार बनाउने राप्रपाका केन्द्रीय नेता झनकबहादुर प्याकुरेल बताउँछन् ।
    त्रिशूलीखबर साप्ताहिकबाट

    #फिचर

    फेसबुक प्रतिक्रिया