आइतबार, २२ साउन २०७९
  • adarsha computer nuwakot
  • नेपाली कांग्रेस जिल्ला कार्य समितिको वैठक – अनुशासन समिति गठन देखि सदस्य मनोनितमा केन्द्रित

    समिकरण २०७८, १९ चैत्र शनिबार ०५:२५ पढ्न लाग्ने समय 2 मिनेट

    विदुर । नेपाली कांग्रेस जिल्ला कार्य समिति नुवाकोटको शुक्रवारको वैठकले अनुशासन समिति गठन गरेको छ । बैठकले जिल्ला सचिव श्रीराम श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय जिल्ला अनुशासन समिति गठन गरेको हो । नेपाली कांग्रेसको विधानमा भएको व्यवस्था अनुसार श्रेष्ठको संयोजकत्वमा जिल्ला अनुशासन समिति गठन गरिएको हो ।

    श्रेष्ठको संयोजकत्वमा गठित अनुशासन समितिको सदस्यहरुमा नवराज घिमिरे र सीता तामाङ रहेका छन् ।
    पार्टीको उम्मेदवारले कुनै सदस्य वा पार्टीको निकायले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा पार्टी वा उम्मेदवारको हित विपरित काम गरेको, निष्कृय बसेको वा अन्य उम्मेदवारलाई सहयोग हुने कार्य गरेको देखिएमा जिल्ला अनुशासन समितिले त्यस्ता सदस्यलाई तत्काल सम्झाउने, चेतावनी दिने, नमानेमा सदस्यता निलम्वन गरि सोको जानकारी प्रदेश र केन्द्रीय अनुशासन समितिलाई दिने वैधानिक व्यवस्था छ ।
    यस्तै शुक्रवारकै बैठकले ३ जना जिल्ला कार्य समिति सदस्य मनोनित गरेको छ । मनोनित हुनेहरुमा पञ्चकन्या गाउँपालिका वडा नम्बर ३ का कृष्ण मिश्र, विदुर नगरपालिका वडा नम्बर ३ का वद्रिप्रसाद रिमाल र म्यागङ गाउँपालिका वडा नम्बर ३ का गणेस तामाङ रहेका छन् । नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा १३ को उपधारा (५) खण्ड (ख) को २ बमोजिम मिश्र, रिमाल र तामाङलाई जिल्ला सभापती रमेशकुमार महतले मनोनित गर्नुभएको सचिव बैकुण्ठ मिश्रले जानकारी दिनुभएको छ ।


    यस्तै नेपाली कांग्रेसको ‘घर-घर जाऔँ कांग्रेस जिताऔँ ‘ अभियान अन्तर्गत जिल्लाको १२ वटै स्थानीय तहमा आज (शनिवार) आमसभा हुदैछ । उक्त आम सभामा सहभागी हुनलाई जिल्ला कार्य समितिको शुक्रवारको बैठकले प्रमुख अतिथि र जिल्ला प्रतिनिधिहरु समेत तोकेको छ । यसै अनुरुप ककनीमा केन्द्रीय सदस्य डाक्टर रामशरण महत, वेलकोटगढी नगरपालिकामा केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, सूर्यगढीमा केन्द्रीय प्रवक्ता डाक्टर प्रकाशशरण महत, म्यागङमा केन्द्रीय सदस्य बहादुरसिंह लामा, शिवपुरीमा केन्द्रीय सदस्य मदनबहादुर अमात्य, विदुर नगरपालिकामा वागमती प्रदेश सभापती इन्द्रबहादुर बानिया प्रमुख अतिथि रहने कार्यतालिका रहेको छ ।


    यस्तै लिखुमा जिल्ला सभापती रमेशकुमार महत, तादीमा निवर्तमान सभापती जगदीश्वरनरसिंह केसी, तारकेश्वरुमा पूर्वजिल्ला सभापती धु्रव अधिकारी, किस्पाङमा जिल्ला उपसभापती राजु थापा, दुप्चेश्वरमा जिल्ला उपसभापती सन्तमान तामाङ र पञ्चकन्यामा जिल्ला सचिव वैकुण्ठ मिश्र प्रमुख अतिथिको रुपमा सहभागी हुुने छन् । वैठकले पालिका स्तरमा हुने आमसभामा जिल्ला कार्य समितिको विभिन्न पदमा रहेका व्यक्तिहरुलाई जिल्ला प्रतिनिधिको रुपमा छनौट समेत गरेको छ ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया