मंगलबार, ३ जेठ २०७९
  • adarsha computer nuwakot
  • एकल महिलाहरुलाई उन्नत जातको वाख्राको पाठी वितरण

    समिकरण २०७८, २२ चैत्र मंगलवार ०८:४९ पढ्न लाग्ने समय < 1 मिनेट

    विदुर । विदुर नगरपालिका निम्न आय स्तर भएका एकल महिलाहरुलाई उन्नत जातको वाख्राको पाठी वितरण गरिएको छ ।
    विदुर नगरपालिकाको सहयोगमा मानव अधिकारको लागि महिला एकल महिला सस्थाको आयोजनामा भएको एक कार्यक्रमको बिच बाख्राको पाठी वितरण गरिएको हो । गरिविको रेखा मुनि रहेका एकल महिलाहरुको आर्थिक स्थिति सुधार गर्ने उदेस्यको साथ ४ देखि ६ महिनासम्मका पाठीहरु वितरण गरिएको मानव अधिकारको लागि महिला एकल महिला सस्था नुवाकोटका कोषाध्यक्ष शान्ति प्रधानले जानकारी दिनुभएको छ । उहाँको अनुसार नगरभित्रको १३ वटै वडाका एकएक जना छनौट गरेर वाख्राको पाठी वितरण गरिएको हो ।
    विदुर नगरपालिका वडा नम्बर ६ चैनपुरमा राजाराम अर्यालले सञ्चालन गर्दै आइरहनुभएको जालपा कृषि तथा वाख्रा फर्मबाट खरिद गरिएको बाख्राका पाठीहरु वितरण गरिएको हो । साथै नगरपालिकाभित्र रहेका एकल महिलाहरुलाई सहभागी गराई एक दिने क्षमता अभिवृद्धि तालिम समेत प्रदान गरिएको छ । उक्त कार्यक्रममा विदुर नगरपालिकाका उपमेयर गीता दाहालले एकल महिलाहरुको आर्थिक तथा सामाजिक स्थितिमा सुधार गर्नलाई नगरपालिका सँगसँगै रहेको बताउनुभएको छ ।

    #अर्थ

    फेसबुक प्रतिक्रिया