मंगलबार, ३ जेठ २०७९
  • adarsha computer nuwakot
  • वेलकोटगढीमा उप–मेयर कप तथा सहिद स्मृति छैठौँ राष्ट्रव्यापी हाप्किडो प्रतियोगिता हुने

    समिकरण २०७८, २४ चैत्र बिहीबार ०९:४४ पढ्न लाग्ने समय < 1 मिनेट

    विदुर । आउदो जेष्ठ २ गतेदेखि ४ गतेसम्म उप–मेयर कप तथा सहिद स्मृति छैठौँ राष्ट्रव्यापी हाप्किडो प्रतियोगिता हुने भएको छ ।
    वेलकोटगढी नगरपालिकाको सहयोगमा नेपाल मार्सल आर्ट्स हाप्किडो संघ नुवाकोटले आयोजना गर्न लागेको उक्त प्रतियोगितामा ७ वटै प्रदेश र ३ विभागीय टिम गरी १० टिपको खेलाडीहरुको सहभागिता रहनेछ । वेलकोटगढी नगरपालिकामा नै हुने उक्त प्रतियोगितामा फाइट तर्फ महिला र पुरुष दुवैमा १२–१२ वटा तौल समूहमा प्रतिष्पर्धा हुने आयोजक सस्था नेपाल मार्सल आर्ट्स हाप्किडो संघ नुवाकोटका अध्यक्ष मनोज गुरुङले जानकारी दिनुभएको छ । अध्यक्ष गुरुङको अनुसार सेल्फ डिफेन्स, डेमोष्ट्रेन, हाई फल, रङ फलमा पनि प्रतिष्पर्धा हुने छ ।
    प्रतियोगितामा पहिलो हुनेलाई २५ हजार रुपैयाँ, दोश्रो हुनेलाई १५ हजार रुपैयाँ, तेश्रो हुनेलाई १० हजार रुपैयाँ र सान्तोना हुने टिमलाई ५ हजार रुपयाँ सहित ट्रफि मेडल र प्रमाणपत्र प्रत्र प्रदान गरिने आयोजकले जनाएको छ । आत्मरक्षाको लागि उपयुक्त मानिने हाप्किडो खेल भुगोल सुहाउदो रहेको वेलकोटगढी नगरपालिकाका उपमेयर कविता ढुंगानाले बताउनुभएको छ । विशेष गरी वेलकोटगढी नगरपालिकामा यस खेलका खेलाडीहरु प्रयाप्त रहेकोले नगरभित्रको ५३ वटै विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई संगठित बनाउनु आवस्यक रहेको उपमेयर ढुंगानाको भनाई छ ।

    उपमेयर कविता ढुंगाना, वेलकोटगढी नगरपालिका


    नेपालमा बिगत १५ वर्ष अघिदेखि हाप्किडोको गतिविधि सञ्चालन हुदै आएता पनि विसं २०७३ सालमा राष्ट्रिय खेलकुद परिषदमा विधिवत रुपमा दर्ता भएको हो । केन्द्रीय संघ अन्तर्गत ७ वटै प्रदेशमा हाप्किडो संघ, र ६० जिल्लामा हाप्किडो समिति रहेको छ ।
    एक महिना अघि मात्रै वृहत ५औँ राष्ट्रिय हाप्किडो प्रतियोगिता प्युठानमा भएको थियो । उप–मेयर कप तथा सहिद स्मृति छैठौँ राष्ट्रव्यापी हाप्किडो प्रतियोगितामा वेलकोटगढी नगरपालिकाको ५ लाख रुपैयाँ लगानी रहने वुधवार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । प्रतियोगितामा करिव २० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया