विदुर । नुवाकोटको भूगोलबाट नेकपा एमाले पार्टीको केन्द्रीय समिति, प्रदेश र जिल्लागत पदीय भूमिकामा रहेका नेताहरुलाई विदुर कमिटिले सम्मान गरेको छ ।
विशेष कार्यक्रमकावीच शनिवार एमाले विदुर नगर कमिटिले चार दर्जनं व्यक्तिहरुलाई सम्मान गरेको हो । नेकपा एमाले विदुर नगर कमिटिले अशोकवाटिकामा आयोजना गरेको एक कार्यक्रममा नेकपा एमालेका केन्द्रीय उपमहासचिव विष्णु रिमालसहित ४६ जना व्यक्तिहरुलाई सम्मान गरेको हो ।
एमालेको केन्द्रीयस्तरसम्म जिम्मेवारी सम्हालेका तथा नुवाकोट भुगोल भएकालाई सम्मान गरिएको एमाले नगर कमिटि सचिव अनुजकुमार श्रेष्ठले जानकारी दिनुभएको छ । यसरी सम्मानित हुनेहरुमा एमाले केन्द्रीय उपमहासचिव रिमालसहित स्थायी कमिटी सदस्य विन्दा पाण्डे, केन्द्रीय कमिटी सदस्य तथा नुवाकोट इन्चार्ज विन्दा ढुंगाना, केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिना, बागमती प्रदेश कमिटी संयोजक केशवराज पाण्डेलगायत ४६ जना रहेका छन् ।
अन्य सम्मानित हुनेहरुमा नगरको भूगोलबाट प्रतिनिधित्व गर्ने वागमति प्रदेश कमिटि सदस्यहरु, जिल्ला पदाधिकारीहरु, सचिवालय सदस्य र जनसंगठन केन्दीय पदाधिकारीहरु रहेका छन् ।
एमाले विदुर २ नम्बर वडा कमिटिको व्यवस्थापनमा आयोजित कार्यक्रमलाई संवोधन गर्नुहुदै पार्टीका उपमहासचिव विष्णु रिमालले एमालेको देशैभर उर्लेको जनलहर देखेर अत्तालिएका दलले चुनावी गठवन्धन गरेको बताउनुभएको छ । उहाँले देशमा एमालेसँग एक्लै चुनावमा जाने हिम्मत नभएर सत्तारुढ दलहरुले सत्ताकै लागि मात्र नाम मात्रको गठवन्धन गरेको उहाँको दाबी रहेको छ ।
उक्त कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा नुवाकोट इन्चार्ज विन्दा ढुंगाना, केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिना, बागमती प्रदेश कमिटी संयोजक केशवराज पाण्डे, स्कुल विभाग केन्द्रीय सदस्य रामशरण प्याकुरेल वागमती प्रदेश सदस्य ठाकुर गजुरेल, पूर्व जिल्ला अध्यक्ष नारायणप्रसाद खतिवडा, जिल्ला कमिटि सचिवालय सदस्य सञ्जु पण्डित, नगर इन्चार्ज सञ्जिव श्रेष्ठ लगायते वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा एमालेले विजय हुने आधार तय गरिसकेको वताएका छन् ।
नेकपा एमाले विदुर नगर कमिटिले वडा भित्र गठित टोल कमिटिहरुको संयुक्त रुपमा सपथ ग्रहण गराउनुको साथै प्रशिक्षण कार्यक्रम सञ्चालन गरी निर्वाचन लक्षित गतिविधि गरिरहेको नगर कमिटि अध्यक्ष नवीन प्रधानले जानकारी दिनुभएको छ ।