आइतबार, २२ साउन २०७९
  • adarsha computer nuwakot
  • पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष वली नुवाकोट आउने कार्यक्रम तय

    समिकरण २०७८, २७ चैत्र आईतवार १७:३२ पढ्न लाग्ने समय < 1 मिनेट

    विदुर – पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा वली नुवाकोट आउने कार्यक्रम तय भएको छ ।
    विशेष गरी पार्टीको निति, सिद्धान्त र विचारको विषयमा जानकारी गराउन र आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमाले प्रति नुवाकोटका जनतालाई आकर्षित गराउन अध्यक्ष वली नुवाकोट आउन लाग्नुभएको हो । आउदो वैशाख २ गते उहाँ नुवाकोट आउने कार्यक्रम तय भएको जिल्ला अध्यक्ष वद्री मैनालीले जानकारी दिनुभएको छ ।
    नेकपा एमाले जिल्ला कमिटिले आयोजना गर्न लागेको जिल्ला भेलालाई संवोधन गर्न केन्द्रीय अध्यक्ष केपी शर्मा वली आउने र उक्त कार्यक्रम तयारीको लागि जिल्ला कमिटिको बिस्तारित वैठक समेत बसिसकिएको जिल्ला कमिटि अध्यक्ष मैनालीले जानकारी दिनुभएको छ । उहाँको अनुसार कार्यक्रमको लागि विभिन्न उपसमितिहरु निर्माण गरिएको छ ।
    अध्यक्ष मैनालीको अनुसार सचिवालय सदस्य एवं वडा नम्बर ५ का वडा अध्यक्ष शिव चित्रकारको संयोजकत्वमा मञ्च व्यवस्थापन समिति, वेलकोटगढी नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष रमेश न्यौपानेको संयोजकत्वमा स्वंशेवक परिचालन समिति, सचिवालय सदस्य एवं विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितको संयोजकत्वमा स्वागतद्धार निर्माण समिति बनाइएको छ ।
    पार्वती प्याकुरेलको संयोजकत्वमा अतिथि सत्कार अन्तर्गतको खादा, माला, ब्याज वितरण समिति, शरणउत्सुक सापकोटको संयोजकत्वमा प्रचारप्रसार समिति, राजेन्द्रप्रकाश पाण्डेको संयोजकत्वमा सामाजिक सञ्जाल सञ्चालन समिति, जिल्ला इन्चार्ज विन्दा ढुंगाना को संयोजकत्वमा अतिथि सत्कार समिति र नरेन्द्र प्रधानको संयोजकत्वमा यातायात व्यवस्थापन उपसमिति निर्माण गरिएको छ ।


    आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गरेर नेकपा एमाले जिल्ला कमिटिले केन्द्रको निर्देशन अनुसार वैशाख ९ गते अर्थात नेकपा एमालेको स्थापना दिवसको दिनमा स्थानीय घोषणा पत्र सार्वजनिक गर्दैछ । जिल्ला कमिटिको विस्तारित वैठक मार्फत जिल्ला कमिटिका उपाध्यक्ष वुद्धि प्रधानको संयोजकत्वमा घोषणा पत्र निर्माण समिति तयार गरिएको अध्यक्ष वद्री मैनालीले आइतवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभएको छ ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया