मंगलबार, ३ जेठ २०७९
  • adarsha computer nuwakot
  • पत्रकारिता पृष्ठभूमिका तीन जना विदुरको मेयरका दाबेदार

    समिकरण २०७९, ७ बैशाख बुधबार १९:४५ पढ्न लाग्ने समय < 1 मिनेट

    नुवाकोट । स्थानीय तह निर्वाचनमा उम्मेदवारको सिफारिस, घोषणा र दाबीको लहर चलिरहेको छ ।

    नुवाकोटको विदुर नगरपालिकामा विभिन्न पार्टीबाट मेयरको दाबेदार गर्ने धेरै रहेका छन् । पत्रकारिता पृष्ठभूमि भएका तीन जनाले पनि मेयरमा दाबी गरेका छन् । एक जनालाई पार्टीको नगरकमिटिले एकल सिफारिस नै गरिसकेको छ भने दुई जना भने दाबेदारहरुको समूहसूचीमा परेका छन् ।

    नेकपा एमालेबाट विदुर नगरप्रमुखको आकांक्षीहरुको सूचीमा पत्रकारिता पृष्ठभूमिका अनुजकुमार श्रेष्ठ र देवचन्द्र भट्ट रहेका छन् । नेकपा एमाले विदुर नगरकमिटिको विस्तारिक बैठककोले मेयरको आकांक्षीहरुको १० जनाको सूचीमा श्रेष्ठ र भट्ट पनि रहेका हुन् । विदुर–२ घर भएका एमाले विदुर नगर कमिटिका सचिव रहेका श्रेष्ठ पत्रकारिता विकास समाजका हाल उपाध्यक्ष छन् । २०५४/५५ सालतिरका जनआस्था साप्ताहिक, गोरखापत्र लगायतमा काम गरेका श्रेष्ठले पछिल्लो केही समय दैनिकीडटकममा पनि आवद्द भएर काम गरेका थिए ।

    दुईदशकभन्दा लामो समय पत्रकारितामा सक्रिय हुँदै आएका विदुर ५ का देवचन्द्र भट्टले पनि विदुरको मेयरमा दाबी प्रस्तुत गरेका छन् । एमाले विदुर नगरकमिटिले भट्टसहित १० जनालाई माथिल्लो तहमा सिफारिस गरेको छ । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य भट्ट रेडियो भैरवीका सञ्चालक हुन् । उनी पार्टीको कुनै कार्यकारी पदमा नभए पनि पत्रकारिताको माध्यमबाट पार्टीलाई योगदान पु¥याएकाले आफूले मेयरको टिकट पाउनु पर्ने दाबी गर्दै आएका छन् ।

    विदुरको मेयरमा नेकपा माओवादी केन्द्रबाट सिफारिस भएकी प्रभा बोगटी पनि पत्रकारिता पृष्ठभूमिकी हुन् । नेपाल पत्रकार महासंघको साधारण सदस्य रहेकी बोगटीले झण्डै एकदशक टेलिभिजन पत्रकारितामा संलग्न भएकी थिइन् । विदुर–७ की बोगटी हाल नेकपा माओवादी केन्द्र विदुरको अध्यक्ष हुन् । माओवादी केन्द्रले बोगटीलाई एकल रुपमा विदुरको मेयरमा सिफारिस गरेको छ ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया