मंगलबार, ३ जेठ २०७९
  • adarsha computer nuwakot
  • नेकपा एमालेले विदुर र वेलकोटगढीको मेयर र उपमेयरको उम्मेदवार टुंगायो

    समिकरण २०७९, ११ बैशाख आईतवार १०:०२ पढ्न लाग्ने समय < 1 मिनेट

    विदुर नगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार सञ्जु पण्डित र अम्बिका पौडेल

    विदुर । स्थानीय तहको निर्वाचनको लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले नुवाकोटको विदुर नगरपालिका र वेलकोटगढी नगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार टुंगो लगाएको छ ।
    जिल्ला कमिटिको सिफारिसको आधारमा प्रदेश कमिटिले उम्मेदवारको छनौट गरेको हो । विदुर नगरपालिकाको मेयरमा सञ्जु पण्डित र वेलकोटगढी नगरपालिकाको मेयरमा राजेन्द्ररमण खनाललाई उम्मेदवार बनाउन लागिएको हो । गत स्थानीय तहको निर्वाचनमा विदुरमा पण्डित र वेलकोटगढीमा खनाल मेयरमा विजयी भएका थिए । पण्डित नेकपा (एमाले)को जिल्ला कमिटि सदस्य र खनाल प्रदेश कमिटि सदस्य हुन् ।


    यस्तै विदुर नगरपालिकाको उपमेयरमा अम्बिका पौडेल र वेलकोटगढी नगरपालिकाको उपमेयरमा रुपा सापकाटालाई उम्मेदवार बनाउन लागिएको छ । पौडेल विभिन्न संघसस्थामा आवद्ध भई सामाजिक कार्यमा सक्रिय रहनुभएको छ । सापकोटा गत स्थानीय तहको निर्वाचनमा पनि वेलकोटगढी नगरपालिकाको उपमेयरको उम्मेदवार बन्नुभएको थियो । पौडेल जिल्ला कमिटि सदस्य र सापकोटा नगर कमिटिको अध्यक्ष हुन् ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया