मंगलबार, ३ जेठ २०७९
  • adarsha computer nuwakot
  • समृद्धि शिवपुरी बनाउने अभिभारा पूरा गर्नेछु

    समिकरण २०७९, २७ बैशाख मंगलवार १४:५१ पढ्न लाग्ने समय 4 मिनेट

    पदम उप्रेती, अध्यक्ष पदका उम्मेदवार, शिवपुरी गाउँपालिका
    नेकपा एकीकृत समाजवादी

    एकीकृत समाजवादी पार्टीको गतिविधि कसरी अघि बढिरहेको छ ?
    नेकपा एमालेमा विद्रोह गरेर हामीले नयाँ पार्टी गठन ग¥यौँ । जिल्ला कमिटि गठन हुँदा मलाई सचिवको जिम्मेवारी दिइयो । त्यसमा म शिवपुरी गाउँपालिकाको नागरिक भएकाले म यस पालिकाको ०७४ को निर्र्वाचनमा गाउँपालिका प्रमुख पदमा थोरै मतले पराजित भएकाले म शिवपुरीमा अलि बढी खटिएको छु । १२ वटा पालिका मध्ये तीन वटा पालिकामा नेपाली कांग्रेससहितको गठबन्धन बनेको छ भने बाँकी पालिकामा माओवादी केन्द्र र हाम्रो पार्टीबीच गठबन्धन बनेको छ । यसै क्रममा मलाई गठबन्धनको तर्फबाट शिवपुरी गाउँपालिकाको अध्यक्षको उम्मेदवार बनाइएको छ ।
    दोस्रो पटक निर्वाचनमा भाग लिँदा तपाईले यस क्षेत्रका नागरिकहरुसँग भोट माग्ने आधार के बनाउनु भएको छ ?
    स्वास्थ्य क्षेत्रमा हामी अहिले एक्काइसौं शताब्दीमा पनि स्वास्थ्य केन्द्रहरुमा पेट दुखेर जाँदा ग्याष्टिक भयो होला भनेर अनुमानको आधारमा औषधि वितरण गरिँदै आएको छ । हामीले विजयी हाँसिल गरेपछि हरेक स्वास्थ्य केन्द्रमा प्रयोगशाला र अनुभवी टेक्निसियन राख्छौँ । सामान्य परीक्षण गरेर मात्रै औषधि चलाउन सकियो भने सामान्य स्वास्थ्य सेवा गाउँमै उपलब्ध हुनेछ । हामीले धेरै आन्दोलन गरेर व्यवस्था बदल्यौँ, तर, नागरिकको अवस्था बदल्न सकेका छैनौँ । वाम गठबन्धनको उम्मेदवारी भनेको शिवपुरीका ४२ जनाको उम्मेदवारी र आम नागरिकको भरोसा हो । खानेपानी समस्या समाधानको लागि एक घर एक धारा मिटर जडानसहित उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्दछौँ । भ्रष्टाचारहित शिवपुरी बनाउने मेरो अठोट हो । यो पालिकामा एक पैसा भ्रष्टाचार म गर्दिन, मेरो टिमले गर्दैन, यो आम मतदातासमक्ष अर्को प्रतिवद्धता हो । प्राप्त भएका स्रोतलाई आवश्यकताको आधारमा वितरण गर्नेछौँ । संघ प्रदेशबाट प्राप्त भएको स्रोतले मात्र पुग्दैन,एउटा सामाजिक कार्यकर्ताको हिसावले देशीविदेशी दाताहरु खोजी गरेर शिवपुरीको विकासमा लगाउने सोच मैले राखेको छु । शिवपुरीमा महिला सशक्तिकरणको कार्यक्रमलाई व्यापकता बनाउने सोच छ । एक घर, एक सदस्य, एक टोल एक समूह बनाउने र त्यहाँ कुनै राजनीतिक मान्छे छुट्दैन, कुनै विचारधारा बोक्ने मान्छे छुट्दैन विकासमा सबै पार्टी मिलेर हामी विकास गर्छौँ । विकासको नयाँ मोडेल हामी यो शिवपुरीबाट दिन चाहन्छौँ । हामी युवालाई दक्ष युवा बनाउन चाहन्छौँ, एक घर एक रोजगार, एक गाउँ एक उत्पादन, एक उद्योगको विकास गर्ने अवधारणा अघि बढाउने छौँ । समृद्धिको कुरा जोडतोडले गर्दै आएका छौँ । समृद्धि कहाँबाट आउँछ भन्नेमा हामी अलमलिएका छौँ । शिवपुरीको समृद्धिको पहिलो आधार कृषि र पशुपालन नै हो । यसमा दुई वटा समस्या छन् । पहिलो परम्परागत कृषि प्रणाली र पशुपालनबाट माथि उठ्न सकेका छैनौँ । शिवपुरी राष्ट्रिय निकुञ्जका कारण वन्यजन्तु तथा बाँदर आतंकका कारण यहाँका किसानले हैरानी व्यहोर्नु परेको छ । बाँदर रोक्नको लागि हामीले जडिबुटी जोनको रुपमा विकास गर्न सकिन्छ कि भन्ने लागेको छ । नयाँ वैकल्पिक बालीको विकास गर्नेतर्फ मेरो ध्यान केन्द्रीत हुनेछ । भौतिक पूर्वाधार निर्माणको काम पनि धेरै गर्नुपर्नेछ । एउटा काम सम्पन्न नभएसम्म अर्को काममा बजेट विनियोजन नगर्ने गरी योजना बनाउनु आवश्यक छ । हामीले धेरै ठाउँमा लगानी ग¥यौँ, हामी कतै पनि पूर्ण भएनौँ । हरेक वर्ष शिवपुरीमा ८करोड रुपैयाँ ग्रामीण बाटो सफा गर्नको लागि खर्च हुनेछ । पाँच वर्ष ४० करोड त बाटो सफा गर्ने शिर्षककै खर्च हुँदो रहेछ । यसलाई व्यवस्थित गर्नको लागि उपकरण आफैंले खरिद गर्ने तथा लामो दूरीका बाटो पक्की बनाउनेतर्फ ध्यान दिनुपर्छ भन्ने मेरो भनाई हो ।
    सामाजिक सुरक्षा भत्ता लिनको लागि अहिले वंैकमा वृद्ध बाआमाको भीड लाग्ने गरेको छ,वृद्धवृद्धालाई राज्यको सुविधा घरमै पु¥याउने मेरो जिम्मेवारी रहन्छ । सकेसम्म युवालाई विदेश जान रोक्नुपर्छ तर, यो अहिले नै सम्भव छैन । युवाहरु विदेश जानको लागि कम्तिमा क्षमता र सीप लिएर गए भने उनीको मासिक तलव मै ठूलो अन्तर पर्नेछ त्यसैले सीप प्रदान गरेर मात्रै विदेश पठाउने योजना बनाउने सोचमा छु । बालबालिकाको लागि १ देखि ५सम्मका विद्यार्थीहरुका लागि पोषण कार्यक्रम सञ्चालन गरिनेछ । त्यसले बालबालिकाको क्षमता विकासमा सहयोग पुग्नेछ । सञ्चारको क्षेत्रमा हरेक विद्यालयमा इन्टरनेट फ्रिमा उपलब्ध गराइनेछ । उद्योग गर्नेहरुलाई थ्री पेज लाइन विस्तारको योजना पनि हामीले अघि बढाउने छौँ । पशु बीमा ९० प्रतिशत पु¥याउनुपर्छ ।
    यहाँका मतदाताको भावना कस्तो पाउनुभएको छ ?
    आम नागरिकको प्रतिक्रियाको कुरा गर्नुपर्दा हाम्रो ८ वटै वडामा समाजवादीको संगठन रहेको छ । केही वडामा हामी भन्दा माओवादी केन्द्र बलियो छ । केहीमा हामी बलियो छौँ । यही कुरालाई मनन गरेर नै हामीले गठबन्धन बनाएका हाँै । यहाँका नागरिकको माया र विश्वासले हामीलाई यही अनुभती गराउँछ । अघिल्लो निर्वाचनमा पराजय भएपछि म यहाँको समस्यासँग निरन्तर नागरिकसँग हातेमालो गरिरहेकाले मलाई माया गर्नुभएको छ , यस अघि म यहाँका नागरिकले मलाई सडकमा बस भन्नु भयो, म बसेँ, अहिले फेरी नागरिकसँग अनुमोदन हुने निवेदन पेश गरेको छु । यो फैसला गर्ने अधिकार यहाँका नागरिकलाई वैशाख ३० गतेका लागि छाडिदिएको छु । यो पटक त्यस्तो हुँदैन, हामी सबैसम्म सबै नागरिकको टोलवस्तीमा पुगेर उहाँहरुको सुखदुःखको कुरा सुन्ने योजना बनाएको छु । म यहाँको नागरिकको हरेक सुखदुःखमा नजिकबाट नियालेर उहाँहरुलाई सक्दो सहयोग गर्दै आइरहेको छु । त्यसैले पनि म प्रति उहाँहरुको विश्वास छ भन्ने बुझेको छु ।
    नेकपा एमाले नछाडेको अझै राम्रो मत ल्याउथेँ भन्ने लाग्दैन ?
    मैले एमालेमा विद्रोह गरेर समाजवादीमा लागेको हुँ । अझै पनि जनस्तरमा केही भ्रम रहेका छन् । पदम सर एमालेबाट चुनाव लड्नु भएको छ, उहाँको चिन्ह सूर्य हो भन्ने लागेको छ । तर, यथार्य यो होइन, केही भ्रममा हुनुहुन्छ, कोही कोही चाँहि थाहा नपाएर पनि यसो भनिरहनु भएको होला । एमाले अहिले एमाले रहेन । एमालेको संगठन अहिले शिवपुरीमा कमजोर छ । मलाई एमाले नछाडेको भए धेरै मत आउँथ्यो भन्ने लाग्दैन । पटक पटक प्रतिगमनतर्फ उन्मुख यो पार्टीमा लागेर चुनाव लड्दा धेरै मत आउँछ भन्ने विश्वास मलाई छैन ।
    अन्तमा छुटेका कुराहरु केही छन् कि ?
    शिवपुरीका अहिलेका अध्यक्ष रामकृष्ण थापा यस अघि निर्वाचनमा मेरो प्रतिष्पधी भएपनि अहिले उहाँ निर्वाचनमा सहभागी हुनुभएन, त्यसैले उहाँ अहिले हाम्रो अभिभावक हो । उहाँले सुरु गरेका राम्रा कामको प्रशंसा गर्दछु । यहाँको मतदाताप्रको भावना अनुसार म सदैव यस क्षेत्रका नागरिकको सेवामा लागि रहने छु । दोस्रो पटक म आम मतदातासमक्ष आफ्ना प्रतिवद्धतासहित नागरिकको अमूल्य मत माग्नको लागि आएको छु । यहाँहरुको अमूल्य मतको अपेक्षासहित सबैलाई शिवपुरीको उन्न्ती, समृद्धि र सुशासन एवम् भ्रष्टाचारहित पालिका बनाउन मलाई साथ र समर्थन गरिदिनुहुन अनुरोध गर्दछु ।
    प्रस्तुतिः भोलाराज पौडेल
    साभार ः त्रिशूलीखबर साप्ताहिक

    #अर्थ

    फेसबुक प्रतिक्रिया