
शुक्रवार सम्पन्न स्थानीय तह निर्वाचनको वडा तहबाट अन्तिम मत परिणाम सार्वजनिक भइरहेको छ ।
नुवाकोटको ८८ वटा वडा मध्ये १८ वटा वडाको मत गणना सकिएको छ । मतगणना सकिएको वडाहरु मध्ये नेकपा एमालेले ५ वटा, नेपाली कांग्रेसले ७ वटा र नेकपा (माओवादी केन्द्र) ले ६ वटा वडामा विजयी हासिल गरेको छ ।
नेकपा एमालेबाट तारकेश्वर गाउँपालिका–६ मा नारायणप्रसाद रिमाल, म्यागङ गाउँपालिका–२ मा सन्तबिर तामाङ, वेलकोटगढी नगरपालिका– १ मा सन्तबहादुर तामाङ, लिखु गाउँपालिका– २ मा प्रेमबहादुर थापा मगर र विदुर नगरपालिका–१ मा लेलिन रञ्जित विजयी भएका छन् ।
यस्तै नेपाली कांग्रेसबाट म्यागङ गाउँपालिका– १ मा जिमाबहादुर तामाङ, पञ्चकन्या गाउँपालिका– १ मा महानन्द ढकाल, किस्पाङ गाउँपालिका– १ मा पशुपती घले, तारकेश्वर गाउँपालिका– ५ मा अशोक तामाङ, तादी गाउँपालिका– १ मा नकुर दोङ तामाङ, लिखु गाउँपालिका– १ मा नरहरी पाण्डे र सूर्यगढी गाउँपालिका–२ मा दिपक अधिकारी विजयी भएका छन् ।
यस्तै नेकपा (माओवादी केन्द्र) बाट तादी गाउँपालिका– २ मा बच्चुराम तामाङ, शिवपुरी गाउँपालिका–१ मा सुकुराम तामाङ, सूर्यगढी गाउँपालिका– १ मा राजकुमार तामाङ रञ्जित, दुप्चेश्वर गाउँपालिका– १ मा सिताराम तामाङ, २ मा बिरबल तामाङ र ककनी गाउँपालिका–१ मा पदमबहादुर बलामी विजयी भएका छन् ।