
विदुर नगरपालिका वडा नम्बर १ को अन्तिम मतगणना सार्वजनिक भएको छ । सार्वजनिक भएको अन्तिम मतगणना अनुसार वडा अध्यक्षमा नेकपा (एमाले) का लेलिन रञ्जित विजयी हुनुभएको छ ।
शुक्रवार सम्पन्न भएको निर्वाचनमा उक्त वडाबाट १ हजार ६ सय ५ मत खसेको थियो । वडा अध्यक्षमा विजयी हुनुभएका लेलिन रञ्जितले ६ सय ९४ मत प्राप्त गर्नुभएको छ भने उहाँको प्रतिष्पर्धी नेपाली कांग्रेसका शंकर पाण्डेले ४ सय ८५ मत प्राप्त गर्नुभएको छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रकास जोशीले ३ सय मत प्राप्त गर्नभएको छ ।