तारकेश्वर गाउँपालिकाको मतपरिणाम अनुसार अध्यक्षमा नेपाली कांग्रेसका शिव अधिकारीले ५ हजार ६ सय ६५ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका रमेशबहादुर वस्तीले ३ हजार ३ सय ४१ मत ल्याएका छन् । वस्ती २०७४ सालमा एमालेबाट अध्यक्षमा विजयी भएका थिए ।
उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका हरिप्रसाद रिमालले ४ चार ६ सय ५८ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका कोपिता भट्टले ३ हजार ३ सय ९२ मत ल्याएकी छिन् । यो गाउँपालिकाको अध्यक्ष उपाध्यक्षमा कांग्रेस, माओवादी, नेकपा (एकिकृत समाजवादी) बिच गठबन्धन भएको थियो ।
वडाअध्यक्षहरुमा वडा नं. १ मा नेपाली कांग्रेसका चक्रबहादुर तामाङ, वडा नं. २ मा नेकपा एमालेका शिव पनेरु, वडा नं. ३ मा नेपाली कांग्रेसका सूर्यमान श्रेष्ठ, वडा नं. ४ मा नेकपा एमालेका हरिबहादुर पौडेल, वडा नं. ५ मा नेपाली कांग्रेसका अशोक तामाङ र वडा नं. ६ नेकपा एमालेका नारायणप्रसाद रिमाल विजयी भएका छन् ।