बुधबार, १५ असार २०७९
  • adarsha computer nuwakot
  • तादीको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी केन्द्र विजयी

    समिकरण २०७९, २ जेष्ठ सोमबार २०:४७ पढ्न लाग्ने समय < 1 मिनेट

    नुवाकोटको तादी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) की उम्मेदवार विजयी भएका छन् ।
    अध्यक्षमा सन्तमान तामाङ र उपाध्यक्षमा सञ्जु प्याकुरेल विजयी भएका हुन् । शुक्रवार सम्पन्न भएको निर्वाचनको मतगणना सोमवार दिउसो सकिएको हो । अन्तिम मत परिणाम अनुसार ३ हजार २ सय ४१ मतको साथ अध्यक्षमा तामाङ विजयी हुनुभएको हो । तामाङको प्रतिष्पर्धी नेकपा (माओवादी केन्द्र) का किरण रिजालले २ हजार ५ सय १८ मत प्राप्त गर्नुभएको थियो । यस अघि जिल्ला समन्वय समिति नुवाकोटको प्रमुखको जिम्मेवारी सम्हालिसकेका सन्तमान तामाङ नेपाली कांग्रेस जिल्ला कार्य समितिको उपसभापती रहनुभएको छ ।
    यस्तै सञ्जु प्याकुरेलले ३ हजार ३ सय ९७ मत प्राप्त गरी उपाध्यक्षमा विजयी हुनुभएको छ । उहाँको प्रतिष्पर्धी नेपाली कांग्रेसकी ईश्वरी उप्रेतीले २ हजार ७ सय ७८ मत प्राप्त गर्नुभएको थियो । यस निर्वाचनमा पराजित हुनुभएको उप्रेतीले अघिल्लो कार्यकाल उपाध्यक्षको जिम्मेवारी सम्हालिसक्नुभएको छ ।
    तादी गाउँपालिकामा ६ वटा वडा रहेको छ । ती वडाहरु मध्ये नेकपा माओवादी केन्द्रवाट २ मा बच्चुराम तामाङ, ४ मा अश्विनकुमार पाण्डे र ६ मा शेरमान तामाङ विजयी भएका छन् । त्यस्तै नेपाली कांग्रेसबाट वडा नम्बर १ मा नकुर दोङ तामाङ र वडा नम्बर ३ मा सोनाम थिङ तामाङ विजयी भएका छन् भने वडा नम्बर ५ मा नेकपा (एमाले) बाट सरोज भण्डारी विजयी भएका छन् । शुक्रवार भएको निर्वाचनमा १० हजार ८ सय ५६ मत खसेको थियो ।
    यस्तै तारकेश्वर गाउँपालिकामा नेपाली कांग्रेस शिव अधिकारी विजयी हुनुभएको छ । थप विवरण आउन बाँकी रहेको छ ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया