बुधबार, १५ असार २०७९
  • adarsha computer nuwakot
  • सूर्यगढीमा पुरानै नेतृत्व

    समिकरण २०७९, ३ जेष्ठ मंगलवार १०:५० पढ्न लाग्ने समय < 1 मिनेट

    विदुर, सूर्यगढी गाउँपालिकाले पुरानै नेतृत्व पाएको छ । वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनको अन्तिम मत परिणाम अनुसार अध्यक्षमा सन्तबहादुर घले र उपाध्यक्षमा मञ्जु वुढाथोकी विजयी भएका हुन् । उनीहरु दुबै जना नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्दै उम्मेदवार बनेका थिए ।
    अध्यक्षमा विजयी हुनु भएका सन्तबहादुर घलेले ३ हजार ७ सय ५१ मत प्राप्त गर्नुभएको थियो भने उहाँको निकटतम प्रतिष्पर्धी नेकपा (एमाले) का राजेन्द्र रिजालले २ हजार ८ सय ८९ मत प्राप्त गर्नुभएको थियो । त्यस्तै नेकपा (माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी) को साझा उम्मेदवार नेकपा (एकिकृत समाजवादी) का ध्रुव अधिकारीले २ हजार १ सय ७४ मत प्राप्त गर्नुभएको छ ।
    त्यस्तै उपाध्यक्षमा विजयी हुनुभएका मञ्जु वुढाथोकीले ३ हजार २ सय ३ मत प्राप्त गर्नुभएको छ भने उहाँको निकटतम प्रतिष्पर्धी नेकपा (एमाले) की गंगा आचार्यले २ हजार ९ सय ३२ मत प्राप्त गर्नुभएको छ । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी) को साझा उम्मेदवार (माओवादी केन्द्र) का इमानसिंह तामाङले २ हजार ६ सय ७३ मत प्राप्त गर्नुभएको छ ।
    सूर्यगढी गाउँपालिकामा ५ वटा वडा रहेको छ । ती मध्ये नेपाली कांग्रेसबाट वडा नम्बर २ मा दीपक अधिकारी, वडा नम्बर ४ मा रामशरण राई र वडा नम्बर ५ मा अच्युतराज ढकाल विजयी भएका छन् । त्यस्तै वडा नम्बर १ मा माओवादी केन्द्रका राजकुकार तामाङ रञ्जित र वडा नम्बर ३ मा पिङ्गलबहादुर थापा मगर विजयी भएका छन् ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया