शुक्रबार, १० चैत २०७९
  • adarsha computer nuwakot
  • सञ्चारकर्मी थापाको ‘मसानघाट’ सार्वजनिक

    समिकरण २०७९, ३ असार शुक्रबार २१:१८ पढ्न लाग्ने समय < 1 मिनेट

    विदुर । नुवाकोटको रेडियो जालपामा कार्यरत दीपक थापाको लोकदोहोरी गीत मसानघाट सार्वजनिक भएको छ ।
    थापाको आफ्नै लय शव्दमा रहेको उक्त दोहोरी गीतको भिडियो मिलन फ्लिम्स प्रोडक्सन नामको युटुव च्यानल मार्फत शुक्रबार साझ सार्वजनिक गरिएको हो । गीतमा थापा र राधा प्रसाईले आवाज दिएका छन् । मिलन श्रेष्ठको निर्देश्नमा निर्माण गरिएको उक्त भिडियोमा शिव राउत, आयुष्मा कार्की, रामकुमार खतिवडा, रमेश खड्की लगायतको अभिनय रहेको छ । भक्तपुरको बोडे पोखरी, काठमाडौँको शुभकामना चोक लगायतको स्थानमा छायाङ्कन गरिएको लोकदोहोरी गीत मसानघाटमा प्रेम सम्वन्धबाट बिछोडिएका प्रेमिल जोडीहरुको भोगाईलाई समेटिएको छ ।
    थापाले गत वर्षको भदौँ दोश्रो साता मात्रै “तिमी तिर गैरन्छ ध्यान मात्रै” दोहोरी गीतको भिडियो सार्वजनिक गर्नुभएको थियो । त्यस्तै लोक दोहोरी गीत “सानु खाको कसम तोडेर नजानु” को अडियो र तिज गीत “घिन्ताङ घिन्ताङ मादलु तालैमा नाच्ने हो” को भिडियो केही वर्ष अगाडी नै उहाँले सार्वजनिक गर्नुभएको थियो । तादी गाउँपालिका वडा नम्बर ३ कोषगाडेमा जन्मिएका थापाले काठे लोक ब्याटल “जुन तारा” मा पनि आवाज दिनु भएको छ ।

    लोकदोहोरी गीत ‘मसानघाट’को म्युजिक भिडियो

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया