शुक्रबार, १३ माघ २०७९
  • adarsha computer nuwakot
  • उपभोक्ताको जिविकोपार्जनलाई लक्षित गरी ६ सय फलफूलको विरुवा रोपियो

    समिकरण २०७९, १६ असार बिहीबार ०९:०२ पढ्न लाग्ने समय < 1 मिनेट

    बट्टार । विदुर नगरपालिका वडा नम्बर ४ स्थित पदमखर्कमा वृक्षारोपण गरिएको छ ।
    वाराही सामुदायिक वन उपभोक्ता समूहले उपभोक्ताको जिबिकोपार्जनगँग आधारित भई फलफूलको विरुवा रोपेको हो । विश्व वृक्षारोपण दिवस र १९औँ धान दिवसको अवसर पारी वाराही सामुदायिक वन उपभोक्ता समूहले आँप, लिचि, कटहर, कागती, लप्सी गरी ६ सय वटा फलफूलको विरुवा रोपिएको हो ।
    डिभिजन वन कार्यलय नुवाकोटबाट प्राप्त भई रोपिएका ती फलफूलको रेखदेख तथा संरक्षण वाराही सामुदायिक वन उपभोक्ता समूहको उपसमितिले गर्ने निर्णय भएको वाराही सामुदायिक वन उपभोक्ता समूहका सचिव लक्ष्मी प्रधानले जानकारी दिनुभएको छ । काठजन्य बिरुवा रोप्दा वनलाई मात्र आम्दानी हुने भएकोले उपभोक्ताको आर्थिक उपार्जनलाई सहयोग पुराउन फलफूलको विरुवा रोपिएको सचिव प्रधानले जानकारी दिनुभएको छ ।
    पदमखर्कमा करिव ५ हेक्टर जमिन खाली रहेको छ । उक्त खाली जग्गाको सदुपयोग गर्दै वाराही सामुदायिक वनको उपभोक्ताहरुलाई वन संरक्षणमा समेत प्रोत्साहन गर्न फलफूल वृक्षारोपणको कार्यक्रम ल्याइएको सचिव लक्ष्मी प्रधानले जानकारी दिनुभएको छ । विदुर नगरपालिका वडा नम्बर ४ बट्टारमा रहेको सुकुम्बासी टोललाई समेटेर उपसमिति बनाई उक्त समितिलाई पनि आयआर्जन हुने क्रियाकलापमा सहभागी गराउने लक्ष्य वाराही सामुदायिक वन उपभोक्ता समूहको रहेको छ ।


    वुधवार भएको वृक्षारोपण कार्यक्रममा वन डिभिजन कार्यलय नुवाकोटका प्रमुख तिर्थ नारायण कोइराला, विदुर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष दीपक कायस्थ, वडा नम्बर ४ का वडा अध्यक्ष निलमबाबु ढुंगेल, वडा नम्बर ५ का वडा अध्यक्ष लिलानाथ न्यौपाने लगायतका जनप्रतिनिधि, नेकपा एमाले नुवाकोटका उपाध्यक्ष बुद्धिबहादुर प्रधान, विदुर खानेपानी तथा सरसफाई सस्थाका अध्यक्ष नारायण खनाल, उपभोक्ता हित संरक्षण मञ्च नुवाकोटको अध्यक्ष इन्द्रबहादुर पण्डित र वनको उपभोक्ताहरुको सहभागिता रहेको थियो ।
    यसै वर्ष उपभोक्ताको आयआर्जनमा वृद्धि गराउन करिव १ लाख जडिवुटिको विरुवा रोप्ने लक्ष्य रहेको छ । वाराही सामुदायिक वन विदुर नगरपालिकाको वडा नम्बर २ र ४ को करिव ८५ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।

    #अर्थ

    फेसबुक प्रतिक्रिया