शुक्रबार, १३ माघ २०७९
  • adarsha computer nuwakot
  • विश्व स्तनपान सप्ताह – पोषणमा गरिने खर्चलाई लगानीको रुपमा लिनु आवस्यक ।

    समिकरण २०७९, २३ श्रावण सोमबार १३:३४ पढ्न लाग्ने समय 2 मिनेट

    समुन्द्रटार । गएको श्रावण १६ गतेदेखि सुरु भएको विश्व स्तनपान सप्ताह आइतवार समापन भएको छ ।
    यस वर्षको विश्व स्तनपान सप्ताहको नारा स्तनपानलाई बढाउन जनचेतना अभिवृद्धि गर्न सहयोग गरौँ भन्ने रहेको थियो । नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको आधारभूत स्वास्थ्य तथा सरसफाई शाखाले आइतवार एक सचेतनामुलक कार्यक्रम आयोजना गरी विश्व स्तनपान सप्ताह समापन गरेको छ । बच्चालाई जन्मिएको १ घण्टा भित्रमा स्तनपान गराउन पर्छ । बच्चालाई जन्मेदेखि ६ महिनासम्म आमाको दुध मात्रै खुवाउन पर्छ । पानी पनि खुवाउनु आवस्यक छैन । बच्चा ६ महिना पूरा भइसके पछि थप पौष्टिक आहारको साथमा कम्तिमा पनि २ वर्ष सम्म बच्चालाई स्तनपान गराउनु पर्छ । भन्ने जस्ता विषयमा सुनौलो हजार दिनका आमाहरुलाई जानकारी गराउदै दुप्चेश्वरमा विश्व स्तनपान सप्ताह समापन गरिएको हो ।
    गाउँघरतिर स्तनपान गराउने कार्यलाई सामान्य रुपमा लिने गरेको पाइएकोले स्वास्थ्यकर्मीको सुझावलाई मनन गरी व्यवहारमा लागु गर्नलाई गाउँपालिकाका अध्यक्ष शंकरबहादुर थापाले सुनौलो हजार दिनका आमाहरुलाई आग्रह गर्नुभएको छ । नभएर भन्दा पनि भएको चिजलाई मिलाएर खान नजान्दा रोगको संक्रमण बढिरहेको भन्दै अध्यक्ष थापाले आमा र बच्चाको स्वास्थ्य र पोषणको क्षेत्रमा गाउँपालिकाको लगानी समेत प्रयाप्त गरी रहेको बताउनुभएको छ ।


    यस्तै गाउँपालिकाका उपाध्यक्ष माकुरी तामाङले आमाले जाड रक्सि जस्ता मादक पदार्थ सेवन गरेमा बच्चाको लागि प्रयाप्त दुध आउँछ भन्ने गलत धारणा समाजमा व्याप्त रहेकोले त्यस्ता धारणालाई तोड्नु जरुरी रहेको बताउनुभएको छ । बच्चाले रोग काट्छ भनेर जाड खुवाउनुको सट्टा आमालाई पोसिलो आहार र बच्चालाई आमाको दुध खुवाउने विषयमा सचेत गराउनुपर्ने उपाध्यक्ष तामाङको जोड रहेको छ ।

    प्रयाप्त मात्रामा पोषण पुगेको बच्चाको भविष्य उज्जवल रहने स्वास्थ्य सेवा विभाग अन्तर्गतको पोषण शाखाका पोषण अधिकृत आशिष तिमिल्सिनाको भनाई छ । साथै उहाँले बच्चाको लागि पोषणमा गरिने खर्चलाई लगानीको रुपमा लिन सकियो भने भविष्यमा स्वस्थ जनशक्ति उत्पादन भई प्रतिफल लिन सकिने बताउनुभएको छ । बच्चा जन्मिएको १ घण्टा भित्रमा स्तनपान गराइयो भने उक्त बच्चाको मृत्यु हुने सम्भावना ४५ प्रतिसतले घटने विश्व स्वास्थ्य संगठनको तथ्यांकले देखाएको भन्दै स्वास्थ्य सेवा विभाग अन्तर्गतको पोषण शाखाका पोषण अधिकृत आशिष तिमिल्सिनाले बच्चालाई ६ महिनासम्म पानी पनि नखुवाई स्तनपान गराउन र ६ महिना पछि थप खानाको साथमा स्तनपान गराउन सबै सुनौलो हजार दिनका आमाहरुलाई आग्रह गर्नुभएको छ ।


    विश्व स्तनपान सप्ताहको समापन कार्यक्रमलाई संवोधन गर्दै स्वास्थ्य कार्यलय नुवाकोटका पोषण अधिकृत जनार्दन सिलवालले दैनिक रुपमा बच्चालाई कम्तिमा पनि २÷३ घण्टाको फरकमा १०÷१२ पटक एउटा स्तन १०÷१५ मिनेटको दरले चुसाउनु आवस्यक रहेको बताउनुभएको छ । यस्तो विषयमा अझै पनि समाजमा जनचेतनाको अभाव रहेको उहाँको गुनासो रहेको छ । पोषणको क्षेत्रमा काम गर्ने सरोकारवाला निकायहरुले सक्रिय रुपमा सुनौलो हजार दिनका आमाहरुलाई निरन्तर रुपमा झक्झकाइरनु पर्ने बताउनुभएको छ ।
    समुन्द्रटार स्वास्थ्य चौकी सञ्चालक समितिका अध्यक्ष एवं दुप्चेश्वर गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष किश्वर आचार्यले स्तनपान सप्ताह मनाइराख्दा सार्वजनिक स्थलमा स्तनपान कक्षको स्थापना गर्नु आवस्यक रहेको बताउनुभएको छ । उक्त कार्यक्रममा समुन्द्रटार स्वास्थ्य चौकीका इन्चार्ज रामकुमार थापाले सहभागी आमाहरुलाई सही आशन र सम्पर्कमा रही स्तनपान गराउने तरिका सिकाउनुभएको थियो ।

    आधारभूत स्वास्थ्य तथा सरसफाई शाखाका प्रमुख बासुदेव श्रेष्ठले कार्यक्रमको सहजिकरण गर्दै आमा र बच्चाको पोषणमा सुधार गर्नको लागि गाउँपालिका प्रयासरत रहेको बताउनुभएको छ । पोषण सुधारको लागि स्थानीय स्तरमा रहेको स्वास्थ्य सस्थाहरुबाट नियमित रुपमा सहजिकरण गर्नुको साथै सचेतनामुलक कार्यक्रम संचालन गर्दै आइरहेको उहाँले बताउनुभएको छ । साथै उहाँले वि.सं. २०८४ सालभित्र पोषणमैत्री स्थानीय तह घोषणा गर्ने अभियानमा रहेको समेत बताउनुभएको छ ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया