शुक्रबार, १३ माघ २०७९
  • adarsha computer nuwakot
  • पत्रकार माथी भएको साङ्घातिक आक्रमणको घटनाको छानबिन गरी दोषीलाई कारबाहीको माग

    समिकरण २०७९, २२ मंसिर बिहीबार १०:४४ पढ्न लाग्ने समय < 1 मिनेट

    बागमती एक्सप्रेस साप्ताहिकका प्रकाशक रमेश बञ्जरा (इन्द्र) र सोही पत्रिकाका स्तम्भकार रामकुमार रिजाल (एलन) माथि भएको साङ्घातिक आक्रमणको घटनाको छानबिन गरी दोषीलाई कारबाहीको माग गरेको छ ।
    समाचार लेखेकै आधारमा पत्रकारद्वयमाथि भएको घटनाको दोषीलाई कानुनी कारबाहीको लागि इन्सेक सम्बन्धित पक्षलाई कारबाहीको दायरामा ल्याउन जोडदार माग गरिएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) वागमती प्रदेश संयोजक गणेश भण्डारीले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । जनताको सूसुचित हुन पाउने सम्वैधानिक हक पूर्ण रूपमा सुरक्षित हुनुपर्ने र प्रकाशन भएको समाचारमा चित्त नबुझे त्यसको सम्बन्धित निकायमा उजुरी गर्ने लगायतका कानूनी बाटाहरू हुँदाहुँदै पनि आपसी विवाद निकालेर मानव अधिकार रक्षकका संवाहक सञ्चारकर्मीमाथि भएको यस घटनाले दुखित तुल्र्याएको विज्ञप्तिमा उल्लेख छ ।
    यही मङ्सिर १८ गते राति हेटौँडा उपमहानगरपालिका–२ स्थित पल्पसा सदनमा पत्रकार बन्जरा र रिजाल माथी आक्रमण भएको थियो । मानव अधिकार रक्षकमाथि हुने कुनै पनि घटनाको सुरक्षाको प्रत्याभूति गर्ने दायित्व सरकारको हुने विषयमा इन्सेकले विगत डेढ दशकदेखि आवाज उठाउँदै आएको समेत स्मरण गराएको छ । मानव अधिकार रक्षक माथि हुने गरेका जुनसुकै घटनाका दोषीलाई यो वा त्यो कारण देखाएर उन्मुक्ति दिने कार्य नहोस् भन्नेमा इन्सेकले गम्भीर ध्यानाकर्षण समेत गराएको छ । पीडितद्वयको निशुल्क उपचारको व्यवस्था गर्न र पुनः हुने सक्ने आक्रमणबाट संरक्षण तथा घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउन विज्ञप्ति मार्फत जोडदार माग समेत गरिएको छ ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया